सहारा मरुभूमिमा ट्रक बिग्रिँदा तिर्खाले ४९ जनाको मृत्यु
June 6, 2026
जेठ २३, काठमाण्डाै । नाइजरको दुर्गम सहारा मरुभूमिमा एउटा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर कम्तीमा ४९ जना यात्रुको दर्दनाक मृत्यु भएको छ । छिमेकी देश मालीमा इद पर्व मनाएर आफ्नो घरतर्फ फर्किरहेका नाइजरका नागरिकहरू सवार उक्त ट्रक नाइजर र अल्जेरियाको सीमा नाका ‘असामाका’ भन्दा करिब ८० किलोमिटर पश्चिममा अलपत्र परेको थियो । अत्यधिक गर्मी हुने मरुभूमिको बीचमा ट्रक बिग्रिएपछि यात्रुहरू कैयौँ दिनसम्म त्यहीँ रोकिनु परेको र चालकहरूले ट्रक मर्मत गर्ने प्रयास असफल भएपछि उनीहरूसँग भएको पानीको भण्डार सकिएको थियो । कडा तापक्रम र पानीको अभावमा तिर्खाकै कारण एकपछि अर्को गर्दै ४९ जनाले ज्यान गुमाएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
एक सय जनाभन्दा बढी यात्रु सवार उक्त ट्रकका दुई जना यात्रुले भने ५० किलोमिटरभन्दा बढी पैदल यात्रा गरेर पानी भेट्टाउन सफल भएका थिए । पानी पिएर ज्यान जोगाउँदै उनीहरूले असामाका पुगेर स्थानीय प्रशासनलाई घटनाबारे जानकारी गराएपछि मात्रै उद्धार टोली घटनास्थलतर्फ परिचालन भएको थियो । उद्धार टोली त्यहाँ पुग्दा ट्रकमुनि र वरिपरि ४९ वटा शवहरू छरिएको हृदयविदारक दृश्य फेला परेको थियो । टोलीले जीवित रहेका यात्रुहरूलाई लिएर फर्कने क्रममा ६० जनाभन्दा बढी यात्रु बोकेको अर्को एउटा ट्रक पनि विगत तीन दिनदेखि सोही क्षेत्रमा बिग्रिएर अलपत्र परेको फेला पारेको थियो । उद्धार टोलीले ती यात्रुहरूलाई समेत संकटबाट सकुशल उद्धार गरेको छ ।