• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

शिक्षामन्त्रीको राजीनामा माग गर्दै दिल्लीमा सिजेपीको प्रदर्शन

June 7, 2026

ShareTweet
Subscribe

जेठ २४,काठमाण्डाै। भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा पहिलो पटक सडक प्रदर्शन गरेको छ। पार्टीका संस्थापक अभिजित दिप्केको नेतृत्वमा शनिबार बिहानैदेखि सयौँको संख्यामा उपस्थित युवाहरूले मन्त्रालयमाथि गम्भीर प्रश्न उठाउँदै नाराबाजी गरेका हुन्। विशेषगरी सन् २०२६ को प्रश्नपत्र चुहावट प्रकरण र कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा प्रयोग गरिएको सिबिएसईको ‘अनस्क्रिन मार्किङ’ प्रणालीमा भएको भनिएको अनियमितता नै आन्दोलनको मुख्य कारण बनेको हाे।

प्रदर्शनमा लद्दाखका चर्चित अभियन्ता सोनम वाङ्चुकको समेत ऐक्यबद्धता रहेको छ। चार दशकदेखि दुर्गम भेगका सरकारी विद्यालय सुधारमा क्रियाशील वाङ्चुकले शिक्षा क्षेत्रको बेथिति र अपेक्षित परिवर्तन नहुँदा बढेको निराशाले आफूलाई सडकमा आउन बाध्य पारेको बताउनुभयाे। सिजेपीका संस्थापक दिप्केले शिक्षामन्त्री प्रधानलाई राजीनामा दिन शनिबार साँझ ५ बजेसम्मको अन्तिम समयसीमा (अल्टिमेटम) दिनुभएकाे छ। उक्त समयभित्र माग सम्बोधन नभए प्रदर्शनलाई देशभरि विस्तार गर्ने चेतावनी उहाँले दिनुभएकाे छ।

व्यंग्यात्मक अभियानका रूपमा सुरु भएको सिजेपी पछिल्लो समय युवाहरू माझ बलियो राजनीतिक शक्ति बन्दै गएको छ। अदालतको एक टिप्पणीलाई आधार बनाएर खडा भएको यस समूहको भारतका ठूला राजनीतिक दलहरूभन्दा पनि धेरै २ करोड २० लाखभन्दा बढी इन्स्टाग्राममा फलोअर्स रहेको दाबी गरिएको हो। पार्टीका संस्थापक ३० वर्षीय अभिजित दिप्के महाराष्ट्रका हुनुहुन्छ। उहाँले बोस्टन विश्वविद्यालयबाट पब्लिक रिलेसनमा स्नातकोत्तर गर्नुभएकाे छ भने सन् २०२० देखि २०२३ सम्म आम आदमी पार्टीमा रही सामाजिक सञ्जाल व्यवस्थापन र चुनावी अभियानमा काम गरेको अनुभव बटुल्नुभएकाे छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com