फिफा विश्वकप २०२६: तीन देशको संयुक्त आयोजनामा आजबाट फुटबलको महाकुम्भ सुरु
June 11, 2026
जेठ २८, काठमाण्डाै । फुटबल इतिहासमै पहिलोपटक तीन राष्ट्रको संयुक्त आयोजनामा फिफा विश्वकप–२०२६ आज राति १२ः४५ बजेदेखि सुरु हुँदै छ। अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुने यस प्रतियोगिताको उद्घाटन मेक्सिको सिटी स्टेडियममा हुँदै छ, जहाँ घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकासँगको भिडन्तका साथ प्रतियोगिताको औपचारिक सुरुवात गर्नेछ। १९ जुलाईमा न्युयोर्कमा समापन हुने यस संस्करणमा ४८ राष्ट्रले सहभागिता जनाउँदै छन् । यसपटकको विश्वकपमा १६ सहरका १६ मैदानमा कुल १०४ खेल हुनेछन्, जसले खेलप्रेमीहरूलाई एक महिनाभन्दा बढी समयसम्म रोमाञ्चित बनाउनेछ।
प्रतियोगितामा ब्राजिल लगातार २३औँपटक सहभागी हुँदै आफ्नो लय कायम राख्ने दाउमा छ भने पाँचपटकको च्याम्पियन ब्राजिलसहित साबिक विजेता अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन र नेदरल्यान्ड्सलाई उपाधिको बलियो दाबेदार मानिएको छ। यस पटक उज्वेकिस्तान, केप भर्डे, कुराकाओ र जोर्डनले विश्वकपमा डेब्यु गर्दै इतिहास रच्दै छन्। पहिलो जितको खोजीमा रहेका १० टोलीको प्रदर्शन पनि उत्तिकै चासोको विषय बनेको छ। लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेयमार, केलियन एम्बाप्पे र लामिन यमलजस्ता विश्वका चर्चित स्टार खेलाडीहरू मैदानमा उत्रिँदा इटाली, पोल्यान्ड, डेनमार्क, नाइजेरिया र क्यामरुनजस्ता दिग्गज टोलीहरूको अनुपस्थिति भने यसपटक खड्किने देखिएको छ।