• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

विश्वकप फुटबल सुरु: उद्घाटन खेलमा मेक्सिको विजयी

June 12, 2026

ShareTweet
Subscribe

जेठ २९ ,काठमाडौँ । विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ को गएराति मेक्सिकोको मेक्सिको सिटी स्टेडियममा एक भव्य समारोहका बीच औपचारिक उद्घाटन भएको छ। संगीत र खेलको अनुपम संगम बनेको उक्त उद्घाटन समारोहमा विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय कलाकारहरू शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन र टाइलालगायतले आफ्नो जोडदार सांगीतिक प्रस्तुति दिँदै उपस्थित खेलप्रेमीहरूलाई उत्सवमा झुमाएका थिए। उद्घाटन समारोहलगत्तै भएको पहिलो खेलमा सह-आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ। मैदानभित्र निकै तनावपूर्ण र प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा कुल तीन खेलाडीले रातो कार्ड पाएका थिए, जसमा दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थेम्बा ज्वाने तथा खेलको अन्तिम समयमा मेक्सिकोका सेसार मोन्टेस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

इतिहासमै पहिलोपटक तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकप अन्तर्गत अन्य दुई सह-आयोजक देशहरू अमेरिका र क्यानडामा भने आज जुन १२ तारिखदेखि खेलहरू सञ्चालन हुँदैछन्। अमेरिकाको लस एन्जलसमा आयोजना हुने उद्घाटन समारोहमा त्यहाँको समृद्ध सांस्कृतिक विविधता र मनोरञ्जन क्षेत्रलाई समेटेर विशेष प्रस्तुति दिइनेछ भने उद्घाटन सत्रलगत्तै आयोजक अमेरिकाले पाराग्वेसँग खेल्दै आफ्नो विश्वकप यात्राको आरम्भ गर्नेछ। आजै जुन १२ मा क्यानडाको टोरन्टोमा पनि विश्वकपको औपचारिक सुरुआत हुने तय भएको छ। मेक्सिको र अमेरिकासँग यसअघि पनि विश्वकप आयोजना गरिसकेको लामो अनुभव भए तापनि इतिहासमा पहिलोपटक पुरुष फुटबल विश्वकप आयोजना गर्न लागेको क्यानडाले उद्घाटन सत्रमार्फत आफ्नो देशको विशिष्ट पहिचान र संस्कृतिलाई विश्वसामु प्रस्तुत गर्ने तयारी गरेको छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com