अमेरिका-इरान ऐतिहासिक शान्ति सम्झौताको संघारमा: २४ घण्टाभित्र हस्ताक्षरको तयारी
June 13, 2026
जेठ ३०, काठमाडौँ । लामो समयदेखिको तनावपछि अमेरिका र इरानबीच जारी युद्धविराम अब ऐतिहासिक शान्ति सम्झौतामा परिणत हुने चरणमा पुगेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले दुवै देश शान्ति सम्झौताको प्रारम्भिक मस्यौदामा सहमत भएको र आगामी २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने सम्भावना रहेको जानकारी दिनुभएकाे छ। उहाँले सामाजिक सञ्जालमार्फत आफूहरू शान्तिको नजिक पुगेको बताउँदै पाकिस्तान विद्युतीय हस्ताक्षरका लागि तयार रहेको र आगामी साता प्राविधिक तहको वार्ता हुने उल्लेख गर्नुभएकाे छ। गत अप्रिल ७ देखि जारी युद्धविराममा पाकिस्तान र कतारले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहनुभएकाे छ।
यस प्रस्तावित सम्झौताअन्तर्गत इरानले रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गलाई जहाज आवागमनका लागि खुला गर्नेछ भने बदलामा अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने र रोक्का राखिएको अर्बौं डलरको सम्पत्ति क्रमशः फुकुवा गर्ने योजना छ। तेल निर्यातमाथिका केही प्रतिबन्धहरू पनि खुकुलो पार्ने सहमति भएको छ। आणविक कार्यक्रम र इरानसँग रहेको करिब ४०० किलो उच्च समृद्ध युरेनियम हस्तान्तरण गर्ने विषयमा दुवै देशबीच अझै गहिरो मतभेद कायम छ, जसलाई पछि छुट्टै प्राविधिक वार्तामार्फत समाधान गर्ने प्रस्ताव गरिएको छ।
इरानका विदेशमन्त्री अब्बास अराग्चीले सम्झौताको नजिक पुगेको पुष्टि गर्दै अमेरिकासँगको युद्धमा आफ्नो मुलुक विजेता बनेको दाबी गर्नुभएकाे छ। वाशिङ्टनले पनि केही दिनभित्रै शान्ति सम्झौतामा हस्ताक्षर हुने संकेत गरिसकेको छ। कूटनीतिक वृत्तले यसलाई दीर्घकालीन शान्तिको बलियो आधार माने पनि, विगतको तिक्तता र जटिल भू-राजनीतिक अवस्थाका कारण अन्तिम समयमा कुनै पनि अप्रत्याशित सैन्य वा राजनीतिक घटनाक्रमले यो शान्ति प्रक्रियालाई प्रभावित पार्न सक्ने जोखिम भने अझै टरिसकेको छैन।