• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डको सुखद शुरूआत

June 14, 2026

ShareTweet
Subscribe

जेठ ३१, काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले विजयी शुरूआत गरेको छ । रोमान्चक प्रतिस्पर्धामा स्कटल्यान्डले उत्तर अमेरिकी राष्ट्र हैटीलाई १–० गोल अन्तरले पराजित गरेको हो । स्कटल्यान्डका लागि खेलको २९ औँ मिनेटमा जोन म्याकगिनले गरेको गोल नै निर्णायक बन्यो । खेलभरि ५४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि हैटीले गोल फर्काउन सकेन । यो जितसँगै ३ अङ्क जोड्दै स्कटल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ भने यसअघि भएको यसै समूहको पहिलो खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

सन् १९७४ को जर्मनी विश्वकपपछि ५२ वर्षको लामो अन्तरालमा विश्वमञ्चमा फर्किएको हैटीको यो दोस्रो विश्वकप सहभागिता हो । आफ्नै महादेशमा भइरहेको यस प्रतियोगितामा हैटी विगतको खराब इतिहास सुधार्ने लक्ष्यमा छ । कोनकाकाफ छनोटका १० मध्ये ६ खेल जित्दै र नोभेम्बरमा कोस्टा रिका तथा निकारागुवालाई हराउँदै हैटीले विश्वकप यात्रा तय गरेको थियो । ४८ राष्ट्रमध्ये फिफा वरीयतामा पुछारबाट दोस्रो स्थानमा रहेको हैटीले विश्वकपअघि न्युजिल्यान्डमाथि ४–० को जित निकालेको थियो ।

सन् १९९८ पछि अर्थात् २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डको यो नवौँ सहभागिता हो । यूईएफए छनोटका ६ मध्ये ४ खेल जितेको स्कटल्यान्डलाई यसपालि प्रतियोगिताको ‘डार्क हर्स’ का रूपमा हेरिएको छ । स्कट म्याकटोमिने र एन्डी रोबर्टसन जस्ता विश्वचर्चित खेलाडीहरू रहेको स्कटल्यान्डले विश्वकपअघि कोरासाओलाई ४–१ र बोलिभियालाई ४–० ले हराउँदै सानदार तयारी गरेको थियो । इतिहासमा अहिलेसम्म समूह चरण पार गर्न नसकेको स्कटल्यान्डका लागि यसपटक बलियो प्रदर्शन गर्दै पहिलोपटक नकआउट चरणमा पुग्ने सुवर्ण अवसर रहेको छ ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com