असार १, काठमाण्डाै । महिनौँदेखि जारी अमेरिका र इरानबीचको विनाशकारी सैन्य द्वन्द्व अन्त्य हुने भएको छ। दुवै देशका अधिकारीहरूले युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा सहमति जुटेको पुष्टि गर्नुभएकाे छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत सम्झौताको जानकारी दिनुभएकाे छ भने इरानी पक्षले पनि यसलाई स्वीकार गरेको छ। सम्झौतासम्बन्धी समझदारीपत्र (एमओयू) मा आगामी शुक्रबार स्वीट्जरल्याण्डमा औपचारिक हस्ताक्षर हुने कार्यक्रम छ।
सम्झौतासँगै विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्गका रूपमा रहेको ‘हर्मुज जलडमरूमध्य’ पुनः सञ्चालनमा आउने भएको छ। इरानले महिनौँदेखि अवरुद्ध पारेको उक्त जलमार्ग खुल्ने र इरानी बन्दरगाहमाथिका प्रतिबन्धहरू फुकुवा गर्ने अमेरिकी निर्णयसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा करिब ४ देखि ५ प्रतिशतले गिरावट आएको छ।
पाकिस्तानको मध्यस्थतामा भएको यस प्रयासले लेबननसहितका सबै मोर्चामा सैन्य कारबाही स्थायी रूपमा रोक्ने सहमति गरेको छ। इरानको रोक्का रहेको २५ अर्ब डलर बराबरको सम्पत्ति फुकुवा गर्ने र इरानको विवादास्पद आणविक कार्यक्रमलाई अन्तर्राष्ट्रिय निरीक्षणमा ल्याउने विषय सम्झौताको मुख्य आधार बनेका छन्। आगामी ६० दिनभित्र थप विस्तृत वार्ता गरी यसलाई अन्तिम रूप दिइनेछ।
फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा हजारौँ नागरिकले ज्यान गुमाइसकेका छन्। सम्झौताको घोषणा भइसकेको अवस्थामा इजरायलको तर्फबाट भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन, जसले गर्दा मध्यपूर्वको आगामी सुरक्षा चुनौतीलाई विशेष चासोका साथ हेरिएको छ।