फिफा विश्वकप: पाराग्वेको सुरुवाती अग्रताले टर्कीमाथि दबाब
June 20, 2026
असार ६, काठमाण्डाै । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आजको खेलमा पाराग्वेले टर्कीविरुद्ध सुरुवाती अग्रता लिएको छ। अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी प्रतिस्पर्धाको दोस्रो मिनेटमै माटियास गालार्जाले गोल गर्दै पाराग्वेलाई १–० को अग्रता दिलाएका हुन्।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा पराजय व्यहोरेका दुवै टोलीका लागि आजको खेल अस्तित्वको लडाइँ बनेको छ। अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा टर्की अष्ट्रेलियासँग र पाराग्वे अमेरिकासँग पराजित भएका थिए। सुरुवाती अग्रताले पाराग्वेलाई हौसला मिलेको छ भने खेलमा फर्कन टर्कीले निकै संघर्ष गरिरहेको छ।