• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

मध्यपूर्वमा स्थायी शान्तिका लागि अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा उच्च–स्तरीय वार्ता सुरु

June 22, 2026

ShareTweet
Subscribe

असार ७, काठमाडौँ । मध्यपूर्वमा जारी युद्धको स्थायी अन्त्य गर्ने उद्देश्यका साथ संयुक्त राज्य अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा निर्णायक वार्ता सुरु भएको छ । मध्यस्थकर्ता राष्ट्र कतारको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै दुई देशबीच औपचारिक संवाद सुरु भएको पुष्टि गरेको हो । स्विट्जरल्याण्डको बुरगेनस्टक रिसोर्टमा ‘लेक लुसर्न समिट’ को ब्यानरमा उच्च–स्तरीय समितिको पहिलो बैठक प्रारम्भ भएको कतारी अधिकारीहरूले जनाउनुभएकाे छ ।

विगत केही समयदेखि अशान्त बनेको मध्यपूर्वको भूगोलमा दीर्घकालीन शान्ति स्थापना गर्ने रणनीतिका साथ यो बैठक आयोजना गरिएको हो । बैठकमा मुख्य पक्षहरू अमेरिका र इस्लामिक गणतन्त्र इरानसहित मध्यस्थकर्ताको भूमिकामा रहेका कतार र पाकिस्तानका उच्च प्रतिनिधिहरूको सहभागिता रहेको छ । गत हप्ताको बिहीबार अमेरिका र इरानबीच हस्ताक्षर भएको ‘समझदारी पत्र’ मा टेकेर यो वार्ता अगाडि बढेको हो । कतारको विदेश मन्त्रालयले आगामी बैठकहरूले उक्त समझदारी पत्रमा उल्लेखित सबै संवेदनशील पक्षहरूलाई सम्बोधन गर्दै एक व्यापक र स्थायी शान्ति सम्झौताको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेको छ ।

यस ऐतिहासिक शान्ति प्रक्रियामा दक्षिण एसियाली मुलुक पाकिस्तानले पनि महत्त्वपूर्ण मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ । वार्तामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर उच्च–स्तरीय प्रतिनिधिमण्डलसहित स्विट्जरल्याण्ड पुगिसक्नुभएकाे छ । इरानी प्रतिनिधिमण्डल शनिबार राति नै जेनेभा अवतरण गरिसकेको छ भने अमेरिकी टोलीको नेतृत्व गर्दै उपराष्ट्रपति जेडी भान्स पनि युरोप पुगेर वार्तामा सक्रिय भइसक्नुभएकाे छ । यस वार्ताले विश्व राजनीति र खस्कँदो विश्व अर्थतन्त्रलाई स्थिर बनाउन ठूलो सघाउ पुर्‍याउने अपेक्षा अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरूले गर्नुभएकाे छ ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com