असार ८, काठमाण्डाै । कतारको प्रमुख औद्योगिक क्षेत्र ‘रास लफान’ स्थित बार्जान ग्यास आपूर्ति केन्द्रमा आइतबार साँझ भीषण विस्फोट भएको छ । उक्त दुर्घटनामा १८ जना श्रमिक बेपत्ता भएका छन् भने ५४ जना घाइते भएका छन् ।
कतारको आन्तरिक मन्त्रालयले सोमबार बिहान सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै बेपत्ताहरूको खोजीका लागि विशेष अभियान सञ्चालन गरिएको जनाएको छ । आन्तरिक सुरक्षा बल (लेखिया) को अन्तर्राष्ट्रिय खोजी तथा उद्धार समूह र नागरिक सुरक्षाको संयुक्त टोलीले घटनास्थलमा उद्धार कार्यलाई तीव्रता दिएको छ । पीडितहरूको राष्ट्रियता वा पहिचानबारे मन्त्रालयले हालसम्म आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
कतारको ऊर्जा क्षेत्रको प्रमुख कम्पनी ‘कतार इनर्जी’ ले सुरुवाती सञ्चालनका क्रममा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको जनाएको छ । कम्पनीले आपत्कालीन टोलीमार्फत आगो नियन्त्रणमा लिइसकेको र हाल अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको स्पष्ट पारेको छ । मन्त्रालयले घटनापछि कुनै पनि प्रकारको ‘सुरक्षा–संवेदनशील चुहावट’ नभएको जनाउँदै स्थानीय बासिन्दालाई ढुक्क रहन आग्रह गरेको छ ।
विस्फोटको आवाज कतारको राजधानी दोहासम्म सुनिएको थियो । रास लफानमा कार्यरत एक नेपाली श्रमिकले घटनाको वर्णन गर्दै हामी नजिक त थिएनौँ, तर टाढाबाटै आकाशमा ठूलो आगोको ज्वाला फैलिएको देखिन्थ्यो । त्यो दृश्य कुनै ज्वालामुखी विस्फोट भएजस्तै डरलाग्दो थियो भनेकाछन्।
रास लफान कतारको मुख्य एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) प्रशोधन केन्द्र हो । यो क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशीसहित विभिन्न मुलुकका हजारौँ श्रमिक कार्यरत छन् । विशेष गरी स्काफफोल्डिङलगायतका प्राविधिक काममा ठूलो संख्यामा नेपालीहरू आश्रित रहेका छन् । सयौँ सप्लाई कम्पनीमार्फत श्रमिक आपूर्ति गरिने भएकाले घटनामा परेकाहरूको यकिन विवरण संकलनमा समय लाग्ने देखिएको छ ।