विश्वकपमा मेसीको ऐतिहासिक कीर्तिमान: सर्वाधिक गोलकर्ता
June 23, 2026
असार ९, काठमाण्डाै । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा नयाँ कीर्तिमान कायम गर्नुभएकाे छ। आफ्नो फुटबल करियरको छैटौँ विश्वकप खेलिरहनुभएका ३८ वर्षीय मेसीले अस्ट्रिया विरुद्धको महत्त्वपूर्ण खेलमा गोल गर्दै विश्वकपको सर्वकालीन सर्वाधिक गोलकर्ताको शीर्ष स्थान कब्जा गर्नुभएकाे हाे।
यसअघि नै विश्वकपमा सर्वाधिक २८ खेल खेल्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका मेसीले अस्ट्रिया विरुद्धको खेलमा गोल गर्दै आफ्नो गोल संख्या १८ पुर्याउनुभएकाे छ। पाँच विश्वकपमा गोल गर्ने सीमित खेलाडीमध्येका एक मेसीले ३८ वर्षको उमेरमा पनि मैदानमा उच्च प्रदर्शन गर्दै आफ्नो लय कायमै राख्नुभएकाे छ।
विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाइसक्नुभएका मेसीको यो पछिल्लो उपलब्धिले उहाँलाई खेलकुद इतिहासकै महानतम् खेलाडीका रूपमा थप स्थापित गरेको छ। मेसीको कप्तानीमा अर्जेन्टिनाले अस्ट्रिया विरुद्ध देखाएको यो प्रदर्शन र उहाँले बनाएको नयाँ कीर्तिमानले फुटबल प्रेमीहरूमा थप उत्साह थपेको छ।