• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

एम्बाप्पेको दुई गोलसँगै फ्रान्स नकआउट चरणमा

June 23, 2026

ShareTweet
Subscribe

असार ९, काठमाण्डाै । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह चरणको रोमाञ्चक खेलमा फ्रान्सले इराकविरुद्ध ३-० को सानदार जित दर्ता गरेको छ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा सोमबार सम्पन्न उक्त खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले दुई गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नुभएकाे हाे।

वर्षाका कारण खेल झण्डै १ घण्टा स्थगित भए पनि पुनः सुरु भएपछि फ्रान्सेली खेलाडीहरू निकै आक्रामक रूपमा प्रस्तुत भए। खेलको १४औँ मिनेटमा एम्बाप्पेले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाउनुभएकाे थियाे। पहिलो हाफमा १-० को अग्रता बनाएको फ्रान्सका लागि ५४औँ मिनेटमा एम्बाप्पेले पुनः गोल गर्दै आफ्नो व्यक्तिगत खातामा दोस्रो गोल थप्नुभयाे।

खेलको ६६औँ मिनेटमा उस्मान डेम्बेलेले तेस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गर्नुभयाे। आफ्नो फुटबल करियरमा विश्वकपमा डेम्बेलेले गरेको यो पहिलो गोल हो। यसअघि इराक आफ्नो पहिलो खेलमा नर्वेसँग ४-१ गोल अन्तरले पराजित भएको थियो, भने फ्रान्सले सेनेगललाई ३-१ ले हराएको थियो।

लगातार दुई जितसँगै फ्रान्स समूहबाट एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ। लगातार दोस्रो हारसँगै इराकको अघिल्लो चरण प्रवेशको सम्भावना न्यून बनेको छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com