भेनेजुएलामा शक्तिशाली भूकम्प: राजधानी काराकासमा ठूलो भौतिक क्षति
June 25, 2026
असार ११, काठमाण्डाै । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पका कारण राजधानी काराकाससहितका मुख्य सहरहरूमा ठूलो जनधनको क्षति भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, केही घण्टाको अन्तरालमा ७.१ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु आसपासका क्षेत्रमा ठूला भवनहरू भत्किएका छन् भने कयौँ संरचनामा गम्भीर क्षति पुगेको छ। राजधानी काराकासका विभिन्न स्थानमा अग्ला भवनहरू भत्किँदा स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्। घटनालगत्तै उद्धार कार्यलाई तीव्र पारिएको छ भने भग्नावशेषमा फसेकाहरूको खोजी कार्य जारी छ। स्थानीय प्रशासनले ठूलो मानवीय क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। अधिकारीहरूले थप पराकम्पनको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र धैर्य गर्न अपिल गरेका छन्। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।