असार १३, काठमाण्डाै । हर्मुज जलमार्गमा व्यावसायिक जहाजमाथि भएको ड्रोन आक्रमणलाई लिएर अमेरिका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ। शुक्रबार अमेरिकाले इरानको दक्षिणी बन्दरगाह सिरिक नजिकै शक्तिशाली हवाई हमला गरेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानले हर्मुज जलमार्गमा मालवाहक जहाजलाई निशाना बनाएर युद्धविराम सम्झौताको गम्भीर उल्लंघन गरेको आरोप लगाएको छ। जवाफी कारबाहीस्वरूप अमेरिकी लडाकु विमानहरूले इरानका क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय रडार केन्द्रहरूलाई निशाना बनाएका हुन्। सेन्टकमले व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न अमेरिकी सेना निरन्तर सक्रिय रहने स्पष्ट पारेको छ।
इरानले पनि आफ्नो भूभागमा भएको आक्रमणको पुष्टि गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार सिरिक क्षेत्रमा विस्फोटका आवाज सुनिएका थिए। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले सो क्षेत्रमा तैनाथ अमेरिकी सैन्य अखडाहरूलाई जवाफी निशाना बनाइएको दाबी गरेको छ। आईआरजीसीले विज्ञप्ति जारी गर्दै अमेरिकाले पुनः आक्रमण गरेमा आफूहरू थप व्यापक प्रतिक्रिया दिन तयार रहेको चेतावनी दिएको छ।
यस घटनालाई लिएर दुवै देशले एकअर्कालाई दोषी ठहराएका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत इरानलाई सम्झौता पालना गर्न सचेत गराउँदै हिंसाको जवाफ हिंसाले नै दिइने चेतावनी दिनुभएकाे छ। इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका अध्यक्ष इब्राहिम अजीजीले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन वार्ताप्रति गम्भीर नभएको आरोप लगाउँदै अमेरिकाले यसको पछुताउनुपर्ने दाबी गर्नुभएकाे छ। शान्ति वार्ताको प्रयास भइरहेकै समयमा भएको यस सैन्य झडपले हर्मुज जलमार्गमाथि थप अनिश्चितता सिर्जना गरेको छ।