विश्वकप २०२६: नकआउटमा कसको भिडन्त कोसँग? यस्तो छ ३२ टोलीको तालिका
June 28, 2026
असार १४, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक खेलहरू सकिएसँगै अब नकआउट चरणको समीकरण पूरा भएको छ। इतिहासमै पहिलो पटक ४८ राष्ट्रको सहभागिता रहेको यस संस्करणमा समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने ३२ टोलीले उपाधिका लागि नकआउट चरणमा प्रतिस्पर्धा गर्दैछन्। समूह चरणका १२ वटा समूहबाट विजेता र उपविजेता बनेका २४ टोली तथा तेस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट ८ टोली गरी कुल ३२ टोली नकआउट चरणमा प्रवेश गरेका हुन्। नकआउट चरणको पहिलो खेल भोलि बिहान १२:४५ बजे दक्षिण अफ्रिका र क्यानडाबीच हुँदैछ।
नकआउट चरणमा केही रोमाञ्चक भिडन्तहरू तय भएका छन्, जसमा नेदरल्याण्ड्स र मोरक्को, जर्मनी र पाराग्वे, फ्रान्स र स्वीडेन, बेल्जियम र सेनेगल, अमेरिका र बोसनिया एन्ड हर्जगोभिना, स्पेन र अस्ट्रिया, पोर्चुगल र क्रोएशिया, ब्राजिल र जापान, आइभोरी कोस्ट र इक्वेडर, इंग्ल्याण्ड र कंगो, कोलम्बिया र घाना तथा अर्जेन्टिना र केप भर्डे भिड्नेछन्। यस चरणबाट पराजित हुने १६ टोली विश्वकपबाट बाहिरिनेछन् भने विजयी टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गर्नेछन्। प्रतियोगिताको अर्को महत्वपूर्ण खुड्किलोका रूपमा रहेको अन्तिम १६ का खेलहरू आगामी जुलाई ४ देखि सुरु हुनेछन्।
नकआउट चरणमा स्थान बनाउने टोलीहरूमा मेक्सिको, दक्षिण अफ्रिका, स्विट्जरल्याण्ड, क्यानडा, ब्राजिल, मोरक्को, अमेरिका, अस्ट्रेलिया, जर्मनी, आइभोरी कोस्ट, नेदरल्याण्ड्स, जापान, बेल्जियम, इजिप्ट, स्पेन, केप भर्डे, फ्रान्स, नर्वे, अर्जेन्टिना, अस्ट्रिया, कोलम्बिया, पोर्चुगल, इंग्ल्याण्ड, क्रोएशिया, कंगो, स्वीडेन, घाना, इक्वेडर, बोसनिया एन्ड हर्जगोभिना, अल्जेरिया, पाराग्वे र सेनेगल रहेका छन्। यो चरणसँगै अबको विश्वकप यात्रा थप रोमाञ्चक र निर्णायक मोडमा पुगेको छ ।