असार १९, काठमाडाैँ । फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार राति भएको रोमाञ्चक भिडन्तमा क्रोएसियालाई २–१ ले पाखा लगाउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा पोर्चुगलले इन्जुरी समयको अन्तिमसम्मै संघर्ष गर्दै महत्वपूर्ण जित हात पारेको हो।
खेलको ५३औँ मिनेटमा इभान प्यारिसिकले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए। ६८औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसको केही समयपछि ८०औँ मिनेटमा प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोलाई मैदानबाट बाहिर बोलाएका थिए। सब्सिच्युट हुँदा रोनाल्डो केही निराश देखिएका थिए।
खेलको ६३औँ मिनेटमा मैदान प्रवेश गरेका गोन्सालो रामोसले इन्जुरी समयमा हेडरमार्फत गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए। खेलको अन्तिम क्षण निकै नाटकीय बन्यो। इन्जुरी समयको ९०+१२औँ मिनेटमा क्रोएसियाका योस्को ग्भार्डिओलले गोल गर्दै खेल बराबरी गरेको देखिएको थियो। यद्यपि, भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पछि रेफ्रीले उक्त गोललाई अफसाइड भन्दै रद्द गरिदिए। इगोर मातानोभिचको सामान्य स्पर्श बल ग्भार्डिओलसम्म पुग्दा अफसाइड रहेको ठहर भएसँगै पोर्चुगलको जित सुनिश्चित भएको हो।
यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ। अब क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगलले बलियो टोली स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेताले क्वार्टरफाइनलमा अमेरिका वा बेल्जियममध्ये एक टोलीको सामना गर्नेछ।