• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

भारतको उत्तराखण्डमा सडक दुर्घटना: दुई नेपाली युवकको मृत्यु

July 4, 2026

ShareTweet
Subscribe

असार २०, काठमाडाैँ । भारतको उत्तराखण्ड राज्यस्थित उधमसिंह नगरको नानकमत्ता क्षेत्रमा भएको सवारी दुर्घटनामा परी दुई नेपाली युवकको ज्यान गएको छ।

बिडोरा–मझोला मार्गमा शुक्रबार तीव्र गतिमा रहेको भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा कञ्चनपुरका दुई युवाको घटनास्थलमै मृत्यु भएको हो। ज्यान गुमाउनेमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का राहुल चदारो र वडा नम्बर ९ का कमल खड्का रहेका छन्।

श्रोतका अनुसार, दिल्लीबाट मोटरसाइकलमा घर फर्किरहेका उनीहरूलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो। दुर्घटनालगत्तै गम्भीर घाइते अवस्थामा रहेका दुवैजनालाई उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्र, सितारगंज लगिएको थियो। तर, स्वास्थ्य केन्द्र पुर्‍याउनासाथ चिकित्सकले दुवैलाई मृत घोषित गरेका थिए।

हाल मृतकहरूको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। घटनाबारे जानकारी पाएलगत्तै मृतकका परिवार र आफन्तहरू शव बुझ्नका लागि आज शनिबार भारत प्रस्थान गरेका छन्।

बिषेश श्रोतका अनुसार, कानुनी प्रक्रिया र पोस्टमार्टम सकेर आजै शवलाई नेपाल ल्याउने तयारी भइरहेको छ। विदेशको बाटोमा ज्यान गुमाउने दुई युवाको असामयिक निधनले सिंगो कञ्चनपुरमा शोक छाएको छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com