अर्जेन्टिनाको विवादास्पद पुनरागमन: इजिप्टको ऐतिहासिक सपना अधुरै
July 8, 2026
असार २४, काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध २-० ले पछि परेको स्थिति उल्टाउँदै साविक विजेता अर्जेन्टिनाले ३-२ को कठिन जितसहित क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। खेल सकिन ११ मिनेट बाँकी रहँदासम्म इजिप्टको पक्षमा रहेको जितको नतिजा अन्तिम क्षणमा अर्जेन्टिनाको आक्रामक पुनरागमनसँगै बदलिएको हो।
खेलको अधिकांश समय नियन्त्रणमा राखेको इजिप्टले दुई गोलको अग्रता बनाएको थियो। तर, खेलको ७९औँ मिनेटपछि अर्जेन्टिनाले तीन गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो। नतिजाभन्दा पनि यस खेलमा रेफ्रीको निर्णयलाई लिएर विश्वभर बहस सुरु भएको छ। इजिप्ट १-० ले अघि रहेका बेला मोस्तफा जिकोको गोललाई ‘भार’ मार्फत विवादास्पद रूपमा खारेज गरिएको थियो। त्यस्तै, खेल २-२ को बराबरीमा रहेको अवस्थामा मोहम्मद सालाहलाई पेनाल्टी बक्सभित्र लडाउँदा रेफ्रीले पेनाल्टी नदिएपछि इजिप्टका प्रशिक्षक होसाम हसानले कडा आक्रोश व्यक्त गरे।
प्रशिक्षक हसानले रेफ्री र फिफाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै हामीमाथि अन्याय भएको छ। सायद फिफा विश्व च्याम्पियन अर्जेन्टिना र मेसीलाई प्रतियोगितामा राख्न चाहन्छ र अर्जेन्टिनालाई हरेक तहबाट समर्थन मिलिरहेको छ भनेका छन्। आफ्नो टोलीमाथि भएको कथित विभेदको विरोध स्वरूप रेफ्रीलाई हात क्रस गरेर संकेत गर्दा हसानले पहेँलो कार्डको सामना गर्नुपर्यो। अर्कोतर्फ, फुटबल विशेषज्ञ डेल जोन्सनले समेत इजिप्टको गोल खारेज गर्ने र सालाहलाई पेनाल्टी नदिने निर्णयमा रेफ्रीको दोहोरो मापदण्ड देखिएको टिप्पणी गरेका छन्।
३४ वर्ष पुग्न लागेका र यो अन्तिम विश्वकप हुनसक्ने सम्भावना बोकेका कप्तान मोहम्मद सालाह आँसु पुछ्दै मैदानबाट बाहिरिँदा समर्थकहरूले भने टोलीको प्रदर्शनप्रति गर्व महसुस गरेका छन्। हारका बाबजुद इजिप्टका खेलाडीहरूले अर्जेन्टिना जस्तो बलियो टोलीलाई कडा चुनौती दिएको भन्दै समर्थकहरूले यो प्रदर्शनलाई इतिहासमा सम्झिरहने बताएका छन्। अर्जेन्टिना भने अब क्वार्टरफाइनलमा आफ्नो यात्रालाई अगाडि बढाउने तयारीमा छ।