• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

फिफा विश्वकप: रेफ्रीको निर्णयमाथि प्रश्न उठाउँदै इजिप्टद्वारा फिफामा औपचारिक उजुरी

July 9, 2026

ShareTweet
Subscribe

असार २५, काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक खेलमा अर्जेन्टिनासँग ३-२ ले पराजित भएपछि इजिप्टले गम्भीर विवाद खडा गरेको छ। रेफ्रीको विवादास्पद निर्णयका कारण आफूहरूले हार बेहोर्नुपरेको दाबी गर्दै इजिप्ट फुटबल संघले फिफासमक्ष औपचारिक उजुरी दर्ता गराएको छ।

इजिप्टले खेल सञ्चालन गरेका फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियर र उनको टोलीले ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ। मुख्य दुई विवादित घटनाहरूमा इजिप्ट १-० ले अग्रता लिइरहेका बेला भीएआरको सहयोगमा मोस्ताफा जिकोको गोल रद्द गरिनु र खेलको अन्त्यतिर मोहम्मद सलाहलाई पेनाल्टी क्षेत्रमा लडाउँदा फाउल नदिनुलाई संघले ‘इजिप्टविरुद्धको अपराध’ भनेको छ।

इजिप्टका प्रशिक्षक होसाम हसनले आफुहरुमाथि योजनाबद्ध अन्याय भएको र विश्वविजेता अर्जेन्टिना र मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न रेफ्रीले भूमिका खेलेको बताएका छन्। त्यस्तै, खेलाडी मोस्ताफा जिकोले यो खेल ‘फिक्स’ भएको कडा टिप्पणी गरेका छन्।

यता, फुटबल विज्ञहरू भने इजिप्टको उजुरीले नतिजा बदलिने सम्भावना न्यून रहेको बताउँछन्। सन् २०२२ को विश्वकपमा फ्रान्सको उजुरी खारेज भएको उदाहरण दिँदै उनीहरूले रेफ्रीको निर्णयलाई नै अन्तिम मानिने स्पष्ट पारेका छन्। विवादका बाबजुद अर्जेन्टिना अब क्वार्टरफाइनलमा स्विट्जरल्याण्डविरुद्ध खेल्ने तयारीमा जुटेको छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com