फकलल्याण्ड विवादले अर्जेन्टिनालाई फिफाको कारबाहीको त्रास: फाइनल अघि विवाद चुलियो
July 16, 2026
असार ३२, काठमाडौँ । विश्वकप फुटबलको फाइनलमा स्थान पक्का गरेको अर्जेन्टिना गम्भीर विवादमा तानिएको छ। इंग्ल्यान्डविरुद्धको सेमिफाइनल खेलपछि अर्जेन्टिनी खेलाडीहरूले मैदानमै विवादास्पद राजनीतिक ब्यानर प्रदर्शन गरेपछि फिफाले अनुशासनको कारबाही गर्ने जोखिम बढेको हो।
खेलपश्चात् अर्जेन्टिनी खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (माल्भिनास अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर बोकेर उत्सव मनाएका थिए। दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको बेलायती भूभाग फकल्याण्ड टापुलाई अर्जेन्टिनाले ‘माल्भिनास’ भन्दै आफ्नो दाबी गर्दै आएको छ। यही विवादका कारण सन् १९८२ मा दुई देशबीच ७४ दिन लामो युद्ध भएको थियो।
फिफाको नियमअनुसार खेल मैदानमा कुनै पनि प्रकारका राजनीतिक नारा वा सन्देश प्रदर्शन गर्न निषेध छ। यसअघि सन् २०१४ मा पनि यस्तै ब्यानर प्रदर्शन गर्दा फिफाले अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो। यसपटक पनि सोही प्रकृतिको घटना दोहोरिएपछि फिफाले कडा कदम चाल्ने सम्भावना देखिएको छ।
उक्त घटनामा अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले समेत सामाजिक सञ्जालमार्फत खेलाडीको बचाउ गर्दै माल्भिनासप्रति देशको अडान सार्वजनिक गर्नुभएको छ। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भने फुटबल र राजनीतिलाई जोड्न नहुने धारणा राखेका थिए। अब सोमबार बिहान उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको अर्जेन्टिनाका लागि यो राजनीतिक विवाद टाउको दुखाइको विषय बनेको छ।