पटनामा आइसाको प्रदर्शन उग्र, प्रहरीको अश्रुग्यास र वाटर क्यानन प्रहार
July 22, 2026
श्रावन ६, काठमाडौँ । दिल्लीमा भइरहेको विद्यार्थी प्रदर्शनको समर्थनमा बिहारको राजधानी पटनामा पनि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) को आह्वानमा भएको यस प्रदर्शनमा अन्य विद्यार्थी सङ्गठनका सदस्यहरू पनि सहभागी भएका थिए।
यो प्रदर्शन पेपर लिक, शिक्षामा भ्रष्टाचार र निजीकरणको विरोधमा आयोजना गरिएको थियो, जसमा हजारौं विद्यार्थी, युवा र मजदुरहरू सहभागी भएका थिए। मार्च गान्धी मैदानको गेट नम्बर १० बाट सुरु भई राजभवनतर्फ अघि बढेको थियो। तर प्रहरीले ब्यारिकेड लगाएर जेपी गोलम्बरनजिकै विद्यार्थीहरूलाई रोकेको थियो।
प्रदर्शनकारीहरू ब्यारिकेड तोडेर अगाडि बढ्ने प्रयास गर्दा प्रहरी र विद्यार्थीबीच झडप भएको थियो। तनाव बढ्दै जाँदा प्रहरीले लाठीचार्ज गर्यो, अश्रुग्यासका गोला हाने र वाटर क्यानन प्रयोग गरी भीडलाई पछाडि धकेल्यो। बीबीसीका अनुसार प्रहरीले अश्रुग्यासका दुई गोला हानेको थियो, जसको जवाफमा प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुङ्गा हानेको आरोप छ।
प्रहरीको कारबाहीका बाबजुद प्रदर्शनकारीहरू जेपी गोलम्बरमा रोकिनुको सट्टा अगाडि बढ्दै डाक बङ्गला चौराहासम्म पुगेका थिए। यस क्रममा विद्यार्थीहरूले “गोदी मिडिया गो ब्याक” लगायतका नारा लगातार लगाइरहेका थिए।
प्रदर्शनकारीहरूले नीट पेपर लिक प्रकरणमा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका थिए। यसका साथै उनीहरूले बिहार शिक्षामन्त्री मिथिलेश तिवारीको राजीनामा, पेपर लिक प्रकरणको फास्ट-ट्र्याक छानबिन, परीक्षा प्रणालीमा भ्रष्टाचारविरुद्ध कारबाही, ७.५ सीजीपीए योग्यता मापदण्ड फिर्ता, शुल्क वृद्धि रोक्ने, बिहारका विश्वविद्यालयहरूमा नन्-नेट फेलोसिप लागू गर्ने र पटना विश्वविद्यालयसहित शैक्षिक संस्थाहरूको स्वायत्तता जोगाउने माग राखेका थिए।
प्रदर्शनका क्रममा धेरै सञ्चारकर्मी पनि घाइते भएका छन्। प्रहरीका अनुसार प्रदर्शन थप हिंसात्मक हुनबाट रोक्न पर्याप्त सुरक्षा प्रबन्ध गरिएको थियो।