२०२८ टी-२० विश्वकप छनोट: नेपाललाई सिधै ग्लोबल छनोटमा प्रवेश
July 23, 2026
श्रावन ६, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२८ मा हुने टी-२० विश्वकपको छनोट यात्रामा एसिया क्षेत्रीय छनोट नखेली सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको २०२८ टी-२० विश्वकप छनोट संरचनाअनुसार, सन् २०२६ को विश्वकपमा सहभागी भएका तर प्रतियोगितामार्फत स्वतः स्थान सुरक्षित गर्न नसकेका टोलीहरूलाई सिधै ग्लोबल छनोटमा प्रवेश दिने व्यवस्था गरिएको छ। नेपालले २०२६ को टी-२० विश्वकपमा समूह चरणभन्दा अगाडि बढ्न नसके पनि यही व्यवस्थाका कारण क्षेत्रीय छनोट चरण पार नगरी सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएको हो।
आईसीसीको नयाँ प्रक्रियाअनुसार ग्लोबल छनोटमा विभिन्न क्षेत्रीय प्रतियोगिताबाट जम्मा आठ टोली सहभागी हुनेछन्। यसमा अफ्रिका, एसिया र युरोप क्षेत्रबाट दुई-दुई टोली तथा अमेरिका र पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट एक-एक टोली छनोट भएर आउनेछन्।
ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूमध्ये प्रत्येक क्षेत्रबाट एक-एक उत्कृष्ट टोली र थप तीन उत्कृष्ट टोली गरी कुल सात टोलीले सन् २०२८ को टी-२० विश्वकपमा स्थान सुनिश्चित गर्नेछन्। आईसीसीले छनोट प्रक्रियामा टोलीहरूको न्यूनतम प्रदर्शनसम्बन्धी मापदण्ड पनि लागू गर्ने जनाएको छ।
यसअघि टी-२० विश्वकपका लागि एसिया, पूर्वी एसिया-प्रशान्त, युरोप, अमेरिका र अफ्रिका क्षेत्रीय छनोटमार्फत टोली चयन हुँदै आएका थिए। आईसीसीले आगामी संस्करणका लागि पुनः ग्लोबल छनोट प्रणाली समावेश गरेको हो।
यसैबीच, आईसीसीले टी-२० विश्वकपको खेल ढाँचामा समेत परिवर्तन प्रस्ताव गरेको छ। उक्त प्रस्ताव आईसीसीको सम्मेलनबाट पारित भइसकेको भए पनि यसबारे अन्तिम निर्णय भने आगामी नोभेम्बरमा हुने छलफलपछि मात्र हुने जनाइएको छ।