स्युटा सीमामा ठूलो भागदौड, ५७ जना आप्रवासीको मृत्यु
August 1, 2026
श्रावण १६, काठमाडौँ । मोरक्कोबाट स्पेनको उत्तर अफ्रिकी भूभाग स्युटा प्रवेश गर्ने क्रममा भएको ठूलो भागदौडमा कम्तीमा ५७ जना आप्रवासीको ज्यान गएको छ। बितेको एक हप्तायताको अवधिमा ६० हजारभन्दा बढी मानिसले जल तथा स्थल मार्ग भएर स्युटा छिर्ने प्रयास गरेका थिए। स्पेनी अधिकारीहरूका भनाइमा भने शुक्रबार बेलुकासम्ममा तिनीहरूमध्ये अधिकांश फेरि मोरक्को नै फर्किसकेका छन्।
स्थानीय अधिकारीका अनुसार बिहीबारका दिन हजारौँको भीड एकसाथ सीमा सुरक्षाकर्मीलाई घेर्दै अघि बढेको थियो। यसै क्रममा समुद्रबाट पौडिएर र जमिनी बाटो हुँदै सीमा नाघ्ने प्रयासमा थुप्रैको डुबेर मृत्यु भयो। जम्मा ८४ हजार मात्र बासिन्दा रहेको स्युटामा एकैचोटि यति ठूलो सङ्ख्यामा मानिस आइपुगेपछि स्थिति निकै तनावपूर्ण बन्न पुग्यो, जसलाई सम्हाल्न स्पेन सरकारले सेना नै खटाएको छ।
स्पेनी गृह मन्त्रालयका अनुसार अवैध रूपमा प्रवेश गरेकाहरूलाई तत्काल फिर्ता पठाउने प्रक्रिया अघि बढाइँदैछ। तर मुलुकको सर्वोच्च अदालतले भने समुद्री मार्गबाट आइपुग्नेलाई तुरुन्तै फिर्ता पठाउन नपाइने व्यवस्था गरिदिएको छ। सीमापार गर्न खोज्नेमध्ये धेरैजसो कलिला उमेरका युवा र किशोर रहेको बताइएको छ।
प्रधानमन्त्री पेड्रो साञ्चेजले यसलाई देशको सीमा अखण्डतामाथिको प्रहार भन्दै मानव तस्करहरूले फैलाएको गलत सूचनाका कारण यस्तो घटना घटेको दाबी गर्नुभएकाे छ। यस घटनापछि युरोपभरि नै आप्रवासन र सीमा सुरक्षासम्बन्धी बहस चर्किएको छ। इटालीले स्पेनबाट आउने हवाई र समुद्री यात्रुमा आगामी ३० दिनसम्म कडा जाँच लागू गर्ने घोषणा गरेको छ भने फ्रान्सले पनि आफ्नो सीमा क्षेत्रमा निगरानी थप गरेको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयेनले नियम विपरीत कसैलाई पनि सङ्घभित्र छिर्न नदिने कडा अडान राख्नुभएको छ।
यता अमेरिकी सरकार र राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनको आप्रवासन व्यवस्थापनलाई असफल र सुरक्षा जोखिमपूर्ण भन्दै आलोचना गर्नुभएकाे छ। स्पेनभित्र पनि विपक्षी दलहरूले सरकारको नीतिलाई कमजोर देखाउँदै दबाब बढाइरहेका छन्। उल्लेखनीय छ, स्युटा र मेलिला उत्तर अफ्रिकामा रहेका स्पेनका दुई स्वायत्त क्षेत्र हुन्, जुन मोरक्कोले सधैँ आफ्नो भूभाग भनी दाबी गर्दै आएको छ।