कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड रकम शेखर कोइरालाद्वारा अस्वीकार
August 7, 2026
श्रावण २२, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक ‘कोइराला निवास’को मर्मत सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गर्नुभएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई लेखेको पत्रमार्फत डा. कोइरालाले यो निर्णय जनाउनुभएकाे हो। उहाँले राज्यको सीमित स्रोत साधन वञ्चना र कष्टमा रहेका नागरिकहरूको उत्थानमा खर्च हुनुपर्ने बताउँदै उक्त रकम नैतिक रूपमा ग्रहण गर्न नसकिने उल्लेख गर्नुभएकाे छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर मर्मतका लागि यो रकम छुट्याएको थियो। सरकारप्रति आभार व्यक्त गर्दै डा. कोइरालाले हालको परिस्थितिमा रकम फिर्ता गर्ने निर्णय गरेको जनाउनुभएकाे छ।
पत्रमा उहाँले लेख्नुभएकाे छ — राज्यसामु वञ्चना, अभाव र कष्टमा रहेका नागरिकहरूको हितमा नै सीमित स्रोत साधन उपयोग हुनुपर्छ भन्ने मान्यताका आधारमा उक्त रकम विनम्रतापूर्वक अस्वीकार गरिएको हो। बीपी कोइरालाले जीवनभर नेपाली जनताको गाँस, वास र कपासका लागि गरेको संघर्षलाई सम्झँदै, विपन्न नागरिकको पक्षमा काम गर्नु नै बीपी र कोइराला निवासप्रति साँचो श्रद्धाञ्जली हुने उहाँको भनाइ छ।
विराटनगर महानगरपालिका वडा नं. ७ मा रहेको यो ऐतिहासिक घर डा. शेखरका पिता कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गर्नुभएकाे थियो। नेपाली राजनीतिको महत्वपूर्ण साक्षी मानिने यो घर गत वर्ष भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा आगजनीमा परी क्षतिग्रस्त भएको थियो।
डा. कोइरालाले आफ्नो पत्रमा कोइराला निवास कुनै साधारण भवन मात्र नभई नेपाली जनताको भरोसा, विचार, संगठन र राष्ट्रियताको प्रतीकका रूपमा रहेको उल्लेख गर्दै, भौतिक संरचना नष्ट भए पनि यसको वैचारिक विरासत सदैव कायम रहने विश्वास व्यक्त गर्नुभएकाे छ। राज्यको सम्पत्ति व्यक्तिगत सुविधाभन्दा जनहितमा नै खर्च हुनुपर्ने भनी उहाँले जोड दिनुभएकाे छ।