• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

कोलम्बियाको भूकम्पमा मृतक संख्या १३२ पुग्यो, ५७० घाइते

August 11, 2026

ShareTweet
Subscribe

श्रावण २६, काठमाडौँ । कोलम्बियाको पश्चिमी भागमा सोमबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा पिरी मृतकको संख्या बढेर १३२ पुगेको छ भने ५७० जना घाइते भएका छन्। कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजको ताजा अद्यावधिकअनुसार सबैभन्दा बढी क्षति परेइरा सहरमा भएको हो । जहाँ मात्रै ६० जनाको मृत्यु भएको छ। कोलम्बियाली भूगर्भीय सेवाका अनुसार यो भूकम्प यस शताब्दीमै देशमा गएको सबैभन्दा शक्तिशाली भूकम्प रहेको र सयौं मानिस अझै हराइरहेका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पाल्मारनजिक रहेको र गहिराइ करिब १०३ किलोमिटर रहेको थियो। भूकम्पले काली, परेइरा, किब्दो र मानिजालेसलगायतका पश्चिमी सहरहरूलाई नराम्रोसँग असर पुर्‍यायो, र यसको धक्का छिमेकी इक्वेडोर र पानामासम्मै महसुस भएको थियो। भूकम्पपछि २१ वटा परकम्प (आफ्टरशक) समेत गएका छन्। कफी उत्पादन क्षेत्रको प्रमुख सहर परेइरामा धेरै भवन भत्किएका छन्, तर रोचक कुरा के छ भने केन्द्रबिन्दु नजिकैको सान होसे डेल पाल्मार गाउँमा भने ठूलो मानवीय क्षति भएको छैन।

भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरेको छ। देशका पाँच प्रमुख सहरमा रेड अलर्ट जारी गरिएको छ, ८६ वटा भवन भत्किएका छन्, र सात वटा एयरपोर्टको सञ्चालन रोकिएको छ। शुक्रबार मात्रै पदभार सम्हाल्नुभएका राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएयाले उद्धार कार्यको व्यक्तिगत नेतृत्व लिन आपत्कालीन समिति बोलाउनुभएकाे छ। अमेरिका, दक्षिण अमेरिका, युरोप र मध्यपूर्वका अन्तर्राष्ट्रिय नेताहरूले पनि उद्धार कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ। राजधानी बोगोटासम्म भूकम्पको धक्का महसुस भएको थियो । भवनहरू हल्लिएपछि मानिसहरू सुरक्षाका लागि सडकमा निस्किएका थिए।

कोलम्बियाको इतिहासकै सबैभन्दा घातक भूकम्प सन् १९९९ मा आर्मेनिया सहरनजिक गएको ६.२ म्याग्निच्युडको भूकम्पमा ११०० भन्दा बढीको मृत्यु भएको थियो। भूगर्भविद्हरूका अनुसार यसपटकको भूकम्प गहिराइमा गए पनि यसको भौगोलिक बनावटका कारण बस्ती क्षेत्रमा असर बढी परेको हुनसक्छ। उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको छ । भग्नावशेषमा थप मानिसहरू फसेको हुनसक्ने भएकाले मृतक संख्या अझै बढ्ने आशंका अधिकारीहरूले जनाएका छन्।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com