कांग्रेसमा आर्थिक नीतिबारे छलफल, बैठक आज पनि जारी रहने
August 13, 2026
श्रावण २८, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निरन्तर चलिरहेको छ । आज पनि यसको शृंखला जारी रहने भएको हो। सभापति गगनकुमार थापाको नेतृत्वमा साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा सुरु भएको यो बैठकमा बुधबार मात्रै २८ जना केन्द्रीय सदस्यहरूले आ-आफ्ना विचार राख्नुभएकाे थियो। सदस्यहरूबीचको छलफल अझै टुंगोमा नपुगेकाले बैठक आजको दिनका लागि पनि निरन्तरता पाउने भएको छ।
बैठकको जानकारी दिँदै पार्टी प्रवक्ता देवराज चालिसेले अर्थतन्त्र सुदृढ बनाउने दिशामा सरकारले लिने सकारात्मक पहलहरूलाई कांग्रेसले साथ दिनेछ भन्नुभयो।
श्रोतका अनुसार, मुलुकको आर्थिक वृद्धि, उत्पादन क्षमता विस्तार, राजस्व उठाइ र रोजगारी अवसर सिर्जनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको छ। यसैले निजी क्षेत्रलाई नेपालको अर्थतन्त्रको आधार मानी यसलाई थप कमजोर हुन नदिनुपर्ने अडान पार्टीले लिएको छ। यसका साथै, निजी क्षेत्रमाथि लगाइएका नियन्त्रणमूलक कानुनी प्रावधानहरू परिमार्जन गर्नुपर्ने आवश्यकतामा पनि बैठकले जोड दिएको बताइएको छ।
यसबाहेक, लगानीकर्ताको भरोसा बढाउने, पुँजी बाहिरिने क्रम रोक्ने र आन्तरिक-बाह्य दुवै किसिमको लगानी भित्र्याउने उद्देश्यले सरकारले स्पष्ट दिशा भएको दीर्घकालीन आर्थिक नीति तर्जुमा गर्नुपर्ने माग पार्टीले गरेको छ।