• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

ऊर्जामन्त्री श्रेष्ठद्वारा चार जनाको सल्लाहकार समूह गठन

August 13, 2026

ShareTweet
Subscribe

श्रावण २८, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो मन्त्रालयका लागि चार सदस्यीय सल्लाहकार समूह तयार पार्नुभएको छ। बिहीबार तीन जना नयाँ अनुहार थपेसँगै सल्लाहकारहरूको संख्या चारमा पुगेको हो।

मन्त्रालयका जानकारी अनुसार, योजना तथा लगानी क्षेत्र हेर्नका लागि आशुतोष तिवारी, नीति क्षेत्रका लागि रमेश पौडेल र निजी क्षेत्र सम्बन्धी विषयका लागि गणेश कार्कीलाई जिम्मेवारी दिइएको छ। यसअघि नै विवेकराज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकिएको थियो।

यसरी हेर्दा अहिले मन्त्री श्रेष्ठको टोलीमा ऊर्जा, नीति, योजना-लगानी र निजी क्षेत्र गरी चार फरक-फरक क्षेत्रका विज्ञहरू समावेश भएको उहाँको सचिवालयले जनाएको छ। नवनियुक्त सल्लाहकार कार्की स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को निवर्तमान अध्यक्षसमेत रहनुभएको छ।

मन्त्रालयका अनुसार यी सल्लाहकारहरूले आ-आफ्नो क्षेत्रसँग सम्बन्धित नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन र निजी क्षेत्रसँगको समन्वय जस्ता विषयमा मन्त्रीलाई आवश्यक सुझाव तथा परामर्श दिनुहुनेछ। साथै, सबै सल्लाहकारले यो जिम्मेवारी अवैतनिक रूपमा निर्वाह गर्ने मन्त्रालयले स्पष्ट पारेको छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com