ग्यास अभावबीच निगमको पहल, भोलि थप सात केन्द्र खुल्ने
August 15, 2026
श्रावण ३०, काठमाडौँ । नेपाल आयल निगमले शनिबार काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री–वितरण गरेको छ।
निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा र पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रहरूबाट ग्यास वितरण गरिएको हो। वितरणका क्रममा केही ब्रान्डका सिलिन्डर अपुग भएपछि समयमै पुगेका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट पहिलो प्राथमिकतामा राखी ग्यास दिने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
निगमले आइतबार उपत्यकाका थप सात बिक्री केन्द्रबाट पनि अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्री–वितरण गर्ने जनाएको छ। टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्ड; पशु सेवा शाखा चापली बूढानीलकण्ठबाट नेपाल, एचपी र मनु; राधास्वामी परिसर कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया; नयाँ बजार/नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम ब्रान्ड; पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट नेपाल र एचपी ब्रान्ड; चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया; तथा राष्ट्रिय आयुर्वेद केन्द्र कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री हुनेछन्।
निगमका अनुसार एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको छ, र व्यवसायीलाई पनि आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्न अनुरोध गरिएको छ। कुनै कारणले ग्यास पाउन नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।