ओलीद्वारा सरकारको नेतृत्व क्षमतामाथि प्रश्न, संविधान रक्षाको आह्वान
August 16, 2026
श्रावण ३१, काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको नेतृत्वमा अनुभव र क्षमताको कमी रहेको भन्दै यसले देशलाई संकटतर्फ धकेलिरहेको टिप्पणी गर्नुभएकाे छ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र साहलाई परोक्ष रूपमा लक्षित गर्दै सरकार चलाउनु पनि एक कलाजस्तै भएकाले यसका लागि अनुभव आवश्यक पर्ने बताउनुभयाे। उहाँका अनुसार, नयाँ भनिने राजनीतिक शक्तिहरूसँग शासन सञ्चालनको न्यूनतम सीप र प्रक्रियागत बुझाइ समेत नभएकाले सरकारले अपेक्षित नतिजा दिन सकिरहेको छैन।
आफ्नो भनाइलाई पुष्टि गर्न उहाँले खाना पकाउन नजान्ने व्यक्तिलाई भान्सामा जिम्मेवारी दिँदा र सीप नभएकालाई बाजा वा नृत्यको काम लगाउँदा हुने अवस्थासँग वर्तमान सरकारको सञ्चालन शैलीलाई तुलना गर्नुभयो। अनुभवहीन र अदूरदर्शी व्यक्तिहरूका कारण मुलुकको प्रशासन र राजनीतिमा बेथिति मौलाइरहेको उहाँको दाबी छ।
यसैगरी, संविधानको रक्षासँग सम्बन्धित विषयमा बोल्दै अध्यक्ष ओलीले हाल संविधानको उल्लंघन भइरहेको र त्यसलाई पुनः सही मार्गमा फर्काउनु जरुरी रहेको जोड दिनुभयो। प्रतिनिधि सभाको कार्यकाल बाँकी रहँदै असंवैधानिक ढंगबाट विघटन गरी चुनाव गराइएको भन्दै उहाँले यसको जवाफ जनताले खोज्नुपर्ने बताउनुभयो।
अन्त्यमा, अध्यक्ष ओलीले मुलुकको हितका लागि सक्षम र अनुभवी नेतृत्वको विकल्प नरहेको औंल्याउँदै कार्यकर्ताहरूलाई संविधान रक्षा र देश विकासका लागि सजग रहन आह्वान गर्नुभयो।