काठमाडौं उपत्यकामा तार व्यवस्थापन अभियानले गति लियो, काम अझै अपूरो
August 17, 2026
भदौ १, काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलहरूमा गुजुल्टिएका र प्रयोगविहीन तारहरू व्यवस्थापन गर्ने अभियानले उल्लेख्य गति लिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमन प्रतिवेदनअनुसार अधिकांश रुटमा तार बन्डलिङ गरिए पनि खुला तार हटाउने, केबल लूप व्यवस्थापन गर्ने, सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राख्ने र फिनिसिङ सुधार्ने काम भने पूरा हुन सकेको छैन।
अव्यवस्थित तारले आगलागी, दुर्घटना र सडक सुरक्षामा जोखिम बढाएको भन्दै सरकारले पहिलो चरणमा त्रिपुरेश्वर–कलंकी–कालीमाटी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–जमल–लाजिम्पाट, सामाखुसी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर र पुरानो बानेश्वर–चाबहिल–गौशाला क्षेत्रलाई प्राथमिकतामा राखेको छ। अभियान व्यवस्थित बनाउन प्राधिकरणले जेठ २९ गते दूरसञ्चार प्राधिकरण, विद्युत् प्राधिकरण, काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, आइस्पान, नेपाल टेलिकम र एनसेल आजियाटा सामेल रहेको विशेष उपसमिति गठन गरेको थियो।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा असार ३१ र साउन १५ गते भएको उच्चस्तरीय समीक्षापछि सेवा प्रदायकबीच जिम्मेवारी पुनः बाँडफाँट गरी परिमार्जित कार्ययोजना लागू गरिएको थियो।
प्राधिकरणका अनुसार रुटगत प्रगति फरक-फरक छ। जडीबुटीमा बन्डलिङ सम्पन्न भए पनि फिनिसिङ र ट्यागिङ कमजोर छ, बानेश्वरमा अवस्था तुलनात्मक रूपमा सन्तोषजनक छ, सामाखुसी र लाजिम्पाट–त्रिपुरेश्वरमा ट्यागिङ अपूरो छ, त्रिपुरेश्वर–कलंकीमा राम्रो प्रगति भए पनि केही खुला तार बाँकी छन्, र कीर्तिपुरमा पनि काम अझै पूर्ण भएको छैन।
सबै रुटमा देखिएको साझा समस्या केबल लूप र अपूरो ट्यागिङ हो, जसले भविष्यमा प्रयोगविहीन तारको स्वामित्व पहिचान गर्न समस्या पार्न सक्छ। प्राधिकरणले अब बन्डलिङलाई मात्र प्रगतिको आधार नमान्ने जनाउँदै प्रत्येक रुटको अन्तिम निरीक्षण गरी खुला तार हटाउने, लूप व्यवस्थापन र ट्यागिङ पूरा गर्नुपर्ने बताएको छ। भविष्यमा समस्या दोहोरिन नदिन साझा पूर्वाधार, भूमिगत युटिलिटी डक्ट र नियमित अनुगमनसहितको दीर्घकालीन प्रणाली आवश्यक रहेको प्राधिकरणको सुझाव छ।