• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

काम सुरु भएको वर्ष दिन भित्रै देशैभरी फोरजी सेवा

January 3, 2019

ShareTweet
Subscribe

काठमाडौं । फोरजी सेवा एलटीई विस्तारको काम सम्झौता भएको वर्ष दिन भित्र सम्पन्न हुने भएको छ। फोरजी अन्तर्गत कोर नेटवर्क र नेटवर्क विस्तार कार्य रहेको छ। काम सुरु भएको मितिले वर्ष दिन भित्र समपन्न गर्ने लक्ष्य रहेपनि नेटवर्क विस्तारको काम भने सुरु भएको छैन। अहिलेसम्म टेन्डर मात्रै दर्ता गरिएको छ। कोर नेटवर्क विस्तारका लागि कोर नेटवर्क विस्तारका लागि चिनियाँ कम्पनी हुवावे, जेटीई र सिंगापुरको मिभिनिर कम्पनीले प्रस्ताव दर्ता गराएका थिए। ती मध्य जेटीईले सस्तोमा काम सम्पन्न गर्ने गरी प्रस्ताव गरेको थियो।

त्यसैगरी नेटवर्क विस्तारका लागि जेटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सीसीएसआई) ले टेन्डर दर्ता गराएका थिए। ती मध्येमा सीसीएसआईले सबै भन्दा कम रकममा काम सम्पन्न गर्ने भनिएको थियो। टेन्डर दर्ता गरेका कम्पनीलाई वर्ष दिन भित्र जसले काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउँछ तीनै कम्पनीलाई फोरजी सेवा विस्ताको ठेक्का प्रदान गर्ने भनिएको थियो। बिहीबार टेन्डर दर्ता गरेका कम्पनीले वर्ष दिन भित्रमा सेवा विस्तारको काम सम्पन्न गर्ने भन्दै पत्राचार गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन्।

उनले वर्ष दिनमा काम सम्पन्न गर्ने भनि आएका कम्पनीलाई सहयोग गर्न भनेका छन्। वर्षदिन भित्रमा काम सम्पन्न गर्ने भनि पत्राचार गरेका कम्पनीहरु मध्येबाट छनौट गरी फोरजी सेवा विस्तारको जिम्मा दिइने छ। फोरजी अन्तर्गत कोर नेटवर्क र नेटवर्क विस्तार कार्य सम्पन्न गर्नका लागि करिव १९ अर्ब रुपैयाँ बजेट रहेको छ। देशै भरी फोरजी सेवा विस्तारका लागि टेलिकमले २०७४ पुस २७ गते टेन्डर आह्वान गरेको थियो। टेन्डरमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले टेलिकमबाट फोरजी एलटीई विस्तारको टेन्डरसम्बन्धी कागजपत्र माग गरी अनुसन्धान गरेको थियो। ९ महिना अख्तियारले अध्ययनको लागि समय लिएको थियो।

अध्ययनले नियमसँगत टेन्डर आह्वान भएको देखिएसँगै कात्तिक ७ गते फोरजी विस्तारको काम अघि बढाउन अख्तियारले स्वीकृति दिएको थियो। त्यस पछि मात्र फोरजी सेवा विस्तारका लागि बाटो खुलेको हो। अख्तियारमा मुद्दा परेसँगै नेपाल टेलिकमले दशैभरी फोरजी विस्तार गर्ने योजना वर्ष दिन ढिला भएको छ। हाल टेलिकमले पोखरा र काठमाडौंमा मात्र फोरजी सेवा प्रदान गर्दै आएको छ ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com