• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

यी हुन् विश्वमा अहिलेसम्म धेरै बिक्री भएका १० मोबाइल फोन

January 4, 2019

ShareTweet
Subscribe

एजेन्सी । विश्वमा मोबाइल फोनको प्रयोग भएदेखि यता अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोन कुन होला ? सामसुङ र एप्पलका पछिल्ला मोडेलका चर्चित स्मार्टफोन दुनियामा सबैभन्दा धेरै बिकेका मोबाइल फोन हुन् भन्ने तपाईंले सोच्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ ।

विश्वमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएका स्मार्टफोनको सूचीमा टप टेनसम्म सामसुङको ग्यालेक्सी एस वा नोट सिरिज र नयाँ आइफोनका मोडेल कुनै पर्दैनन् । आखिर विश्वमा अहिलेसम्म धेरै बिक्री भएका मोबाइल फोन कुन् हुन् त ? टपटेन सूची यस्तो छः

१. नोकिया ११००: नोकियाको ११०० मोडेलको यो मोबाइल फोन विश्वको मोबाइल फोनको इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोन हो । सन् २००३ मा लञ्च भएको यो मोबाइल फोन अहिलेसम्म २५ करोड भन्दा धेरै बिक्री भएको छ ।

२. नोकिया १११०: विश्वमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोनको दोस्रो नम्बरमा नोकियाको १११० मोडेलको मोबाइल फोन रहेको छ । त्यो फोनमा न त क्यामरा थियो, न त कुनै फेन्सी डिजाइन । तर पनि यो फोन झण्डै २५ करोडको हाराहारीमा बिक्री भइसकेको छ ।

३. आइफोन सिक्स र सिक्स प्लसः आइफोनको सिक्स सिरिजका यी दुई स्मार्टफोन विश्वमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन हुन् । आइफोन सिक्स र सिक्स प्लस अहिलेसम्म २२ करोड गोटाभन्दा धेरै बिक्री भैसकेका छन् । सन् २०१४ मा आइफोन सिक्स र सिक्स प्लस एप्पलले लञ्च गरेको थियो ।

४. नोकिया ३२१०: नोकियाको ३२१० मोडेलको मोबाइल फोन सन् १९९९ मा लञ्च भएको थियो । त्यस समयमा फोनको प्रयोग केवल कल गर्न र मेसेज पठाउन मात्र हुन्थ्यो । मजबुत तथा विभिन्न रङका उपलब्ध नोकिया ३२१० निकै लोकप्रिय र सफल भयो । नोकिया ३२१० अहिलेसम्म १५ करोडभन्दा बढी बिक्री भैसकेको छ ।

५. नोकिया १२००: नोकिया १२०० को सबैभन्दा महत्वपूर्ण फिचर भनेको यसको ब्याट्री लाइफ नै थियो । यस फोनको टकटाइम ७ घण्टा तथा स्टाण्डबाई टाइम ३९० घण्टा थियो । उक्त फोनमा फ्लास लाइट पनि उपलब्ध थियो । सन् २००३ मा लञ्च भएको यो मोबाइल फोन पनि १५ करोडको हाराहारीमा बिकेको थियो ।

६. नोकिया ६६००: उक्त फोनको डिजाइनले नै यसलाई विशेष बनाएको थियो । सन् २००३ मा सार्वजनिक भएको यो फोन त्यसबेलाको महंगो फोन थियो । तर पनि नोकिया ६६०० झण्डै १५ करोडको हाराहारीमा बिक्री भयो ।

७. नोकिया ५२३०: नोकियाको ५२३० पहिलो स्मार्टफोन पनि हो । ३.२ इन्चको टचस्क्रिन भएको उक्त मोबाइल फोनमा २ मेगापिक्सेलको क्यामरा तथा १२८ एमबीको र्याम थियो । नोकिया ५२३० पनि १५ करोड गोटा बिकेको थियो ।

८. सामसुङ इ ११००: यो मोबाइल फोन सन् २००९ मा लञ्च भएको थियो । १.५२ इन्चको डिस्प्ले रहेको उक्त फोनमा १ एमबी इन्टरनल स्टोरेज थियो । निकै बलियो हुनुका साथै ब्याट्री लाइफसमेत बढी भएको यो मोबाइल फोन पनि झण्डै १५ करोड गोटा बिकेको थियो ।

९. नोकिया २६००: सन् २००४ मा नोकियाले ल्याएको यो मोबाइल फोनमा डेढ इन्चको डिस्प्ले थियो । निकै सुन्दर तथा बलियो बडी रहेको उक्त मोबाइल फोनको मूल्य पनि सस्तो भएको हुनाले निकै लोकप्रिय बन्यो । उक्त फोन झण्डै साढे १३ करोड गोटा बिकेको थियो ।

१०. मोटोरोला रेजर भी थ्री: यो सबैभन्दा धेरै बिक्रि भएको पट्याउन मिल्ने फ्लिप फोन हो । आफ्नो समयमा यो आइकन नै थियो । यो फोन पनि १३ करोड भन्दा धेरै बिकेको थियो ।

संबन्धित शीर्षकहरु

अर्नब चक्रवात: नेपालमा कमजोर प्रभाव
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प
सुन र चाँदीको भाउ तीव्र रूपमा घट्यो
कोजाग्रत पूर्णिमामा राष्ट्रपतिले गरे नवदुर्गाको दर्शन
त्रिवेणीमा मोटरबोट दुर्घटना, तीनको मृत्यु, तीन बेपत्ता
नेकपाको राष्ट्रिय जागरण अभियान सुरु
साउदीमा ड्रोन भग्नावशेषले लियो नेपालीको ज्यान
बाँकेमा स्टिल कम्पनीको आयल ट्याङ्कीमा आगलागी, डेढ करोडभन्दा बढीको क्षति

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • सुडानको न्याला बजारमा ड्रोन हमला, २१ जनाको मृत्यु
  • कर्णालीले आठौँ विकेट गुमायो
  • अर्नब चक्रवात: नेपालमा कमजोर प्रभाव
  • ऐरीको घातक बलिङमा चितवनको जित
  • लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो
  • रूपैयाँ थाम्न आरबिआई सक्रिय, नेपाली मुद्रामा पनि असर

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com