चिकित्सा क्षेत्रमा चमत्कार, मृत महिलाको गर्भाशयबाट शिशुको जन्म
January 4, 2019
एजेन्सी । मानिसको मृत्यु भइसकेपछि उसको अंगलाई जीवित
मानिसको शरीरमा प्रत्यारोपण गर्नु निकै महत्वपूर्ण मानिन्छ । तर, विश्वमै
पहिलो पटक मृत महिलाको गर्भाशय जीवित महिलामा प्रत्यारोपण गरिएको छ । यति
मात्र होइन, गर्भाशय प्रत्यारोपण गरिएकी महिलाले एक स्वस्थ बच्चीलाई जन्म
पनि दिएकी छन् । ब्राजिलको साओपाओलो शहरमा २०१६ मा मृत महिलाको शरीरबाट
गर्भाशय निकालेर अर्को महिलामा प्रत्यारोपण गरिएको थियो । १० घन्टासम्म
चलेको प्रत्यारोपणपछि महिलाको फर्टिलिटी ट्रिटमेन्ट गरियो ।
यसअघि पनि मृत महिलाको गर्भाशय प्रत्यारोपण प्रयास भएको थियो तर, सबै
अपरेशन अफल भएको थियो तर महिलाको गर्भपात भयो । यो पटक जुन महिलाको गर्भाशय
लिइएको थियो, उनी तीन बच्चाकी आमा थिइन् र दिमागबाट रगत बगेका कारण मृत्यु
भएको थियो । गर्भाशय प्रत्यारोपण गरिएकी महिला मेयर कोकिटानस्की होजर
सिन्ड्रोम पीडित थिइन्, जुन हरेक साढे चार हजारमध्ये एक महिलामा पाइन्छ ।
यो सिन्ड्रोमका कारण योनी र गर्भाशय सही रुपमा विकसित भएको हुँदैन । यद्यपि
गर्भाशय पाउने महिलाको अण्डाशय ठीक थियो ।
डाक्टरहरुले आमा बन्ने महिलाको शरीरबाट अण्डाशय आउनुअघि पिता बन्ने
व्यक्तिको स्पर्मलाई फर्टिलाइज गरे । त्यसपछि महिलालाई यस्तो औषधि दिइयो,
जसले उनको रोग प्रतिरोधक क्षमता बढी भयो । रोग प्रतिरोधक क्षमता राम्रो
नभएको भए गर्भाशय शरीरमा ठीकसँग व्यवस्थित हुन अवरोध खडा हुनसक्थ्यो । यसको
छ सातापछि महिलाको रजस्वला हुन सुरु भयो ।
सात महिनापछि फर्टिलाइज्ड अण्डाशयलाई महिलाको गर्भाशयमा राखियो । १५
डिसेम्बर २०१७ मा गर्भाशय पाउने महिलाले अपरेशनमार्फत २.५ किलोग्रामको
स्वस्थ बच्चालाई जन्म दिइन् । साओपाओलोको हस्पिटल दास क्लिनिकका डा. दानी
एजेनबर्ग भन्छन्, ‘जीवित दानकर्ताको गर्भाशयको प्रत्यारोपण मेडिकल
क्षेत्रमा कोशेढुंगा सावित भएको थियो । यसले आमा बन्न नसकेका महिलाहरुलाई
मद्दत गर्यो । तर, जीवित दाता भेट्टाउन असम्भव जस्तै थियो ।’
एजेन्सी । मानिसको मृत्यु भइसकेपछि उसको अंगलाई जीवित मानिसको शरीरमा प्रत्यारोपण गर्नु निकै महत्वपूर्ण मानिन्छ । तर, विश्वमै पहिलो पटक मृत महिलाको गर्भाशय जीवित महिलामा प्रत्यारोपण गरिएको छ । यति मात्र होइन, गर्भाशय प्रत्यारोपण गरिएकी महिलाले एक स्वस्थ बच्चीलाई जन्म पनि दिएकी छन् । ब्राजिलको साओपाओलो शहरमा २०१६ मा मृत महिलाको शरीरबाट गर्भाशय निकालेर अर्को महिलामा प्रत्यारोपण गरिएको थियो । १० घन्टासम्म चलेको प्रत्यारोपणपछि महिलाको फर्टिलिटी ट्रिटमेन्ट गरियो ।
यसअघि पनि मृत महिलाको गर्भाशय प्रत्यारोपण प्रयास भएको थियो तर, सबै अपरेशन अफल भएको थियो तर महिलाको गर्भपात भयो । यो पटक जुन महिलाको गर्भाशय लिइएको थियो, उनी तीन बच्चाकी आमा थिइन् र दिमागबाट रगत बगेका कारण मृत्यु भएको थियो । गर्भाशय प्रत्यारोपण गरिएकी महिला मेयर कोकिटानस्की होजर सिन्ड्रोम पीडित थिइन्, जुन हरेक साढे चार हजारमध्ये एक महिलामा पाइन्छ । यो सिन्ड्रोमका कारण योनी र गर्भाशय सही रुपमा विकसित भएको हुँदैन । यद्यपि गर्भाशय पाउने महिलाको अण्डाशय ठीक थियो ।
डाक्टरहरुले आमा बन्ने महिलाको शरीरबाट अण्डाशय आउनुअघि पिता बन्ने व्यक्तिको स्पर्मलाई फर्टिलाइज गरे । त्यसपछि महिलालाई यस्तो औषधि दिइयो, जसले उनको रोग प्रतिरोधक क्षमता बढी भयो । रोग प्रतिरोधक क्षमता राम्रो नभएको भए गर्भाशय शरीरमा ठीकसँग व्यवस्थित हुन अवरोध खडा हुनसक्थ्यो । यसको छ सातापछि महिलाको रजस्वला हुन सुरु भयो ।
सात महिनापछि फर्टिलाइज्ड अण्डाशयलाई महिलाको गर्भाशयमा राखियो । १५ डिसेम्बर २०१७ मा गर्भाशय पाउने महिलाले अपरेशनमार्फत २.५ किलोग्रामको स्वस्थ बच्चालाई जन्म दिइन् । साओपाओलोको हस्पिटल दास क्लिनिकका डा. दानी एजेनबर्ग भन्छन्, ‘जीवित दानकर्ताको गर्भाशयको प्रत्यारोपण मेडिकल क्षेत्रमा कोशेढुंगा सावित भएको थियो । यसले आमा बन्न नसकेका महिलाहरुलाई मद्दत गर्यो । तर, जीवित दाता भेट्टाउन असम्भव जस्तै थियो ।’