गायिका अस्मिता अधिकारी र गायक मातृका आचार्यको प्रेमील गीत दुईमुटु एउटैपारी सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतमा उनलाई हालै सम्पन्न नेपाल आइडलकी प्रतिस्पर्धी अस्मिता अधिकारीले गायनमा साथ दिएकी छिन् । प्रेमिल शब्दहरु सहित सिर्जना गरिएको गीत युवापुस्ता सँगसँगै सबैले मन पराउने खालको रहेको गायक आचार्य बताउँछन् । आचार्य आफैले लेखेको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका हुन् । गायक आचार्यकै रचना तथा पुरुषोत्तम न्यौपानेको संगीत संयोजनमा तयार...
वैशाख १३ गते प्रदर्शनमा आउने दाल भात तरकारी चलचित्रमा समावेश गीत भिजिटभिसाको शनिवार नारायणहिटी संग्रहालयको उत्तर ढोकामा रहेको गणतन्त्र पार्कमा गीतको केही अंश छायाँकन भईरहेको थियो । त्यहाँ चर्चित कलाकारहरू हरिवंश आचार्य, निरुता सिंह, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, राजाराम पौडेल लगायत थुप्रै कलाकारहरु थिए । ४ मिनेट ३७ सेकेन्ड लामो गीतको सुटिङका केहि अंश त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र ह्यात होटलमा गरिएको थियो । यो गीतमा हरिवंश...


