“नम्मरी भनेर किनेकाे खोटो परेछ” मधुराे स्वरमा मेरा परम मित्र सुनाउँछन् – १० वर्ष अघि जमिन किन्नु अघि नापी, मालपोत, सँधियार, छिमेक बुझेर किनेको जमिन आज अमुक व्यक्ति त्यो ‘जग्गा’ मेरो हो भनेर आउँछ । कसरी जग्गाधनी भनी अमुकलाई उभ्याएर नामसारी गरियो होला ? कुन अमुकलाई उभ्याएर मोही भनी उभ्याइयो होला र सक्कलीले आज दावी गर्न आइपुग्यो ? दोष कसको ? किन्ने वाला को ? किन्नेवाला पछिल्लो ४/५ जना जग्गा धनी पछि को १० औँ वर्षपछिको कुरा यी पिडितले न्याय कहिले पाउँछन ? यो देशमा यसरी अन्यायमा परेका बाबुआमा र त्यो सुनेर बाबुआमाको सकसको साक्षी छोराछोरी के भनेर बस्छन यो देश ? अव रह्यो यसो हुनमा दोषी को ? सोझो भन्दा जग्गा हत्याउने दलाललाई र त्यसको वातावरण बनाइदिने कर्मचारी, मालपोत र नापीका र विचौलिया –लेखनदास त भइनै हाले । जवसम्म यस्ता चण्डालहरुलाई राज्यले खोजी खोजी दुधको दुध पानीको पानी छुट्याएर दण्ड र सजाय दिँदैन, अव भन्नुस – मानिस असुरक्षित भावले किन बस्छ यहाँ ? दोषी को ? मानी लिउँ १० वर्ष कैद सजायमा फौजदारी अभियोमा फेरि आफ्नै नाता, गोता इष्टमित्र, पार्टीको मान्छे भन्ने नामा यस्ता अपराधीलाई छुटाउन सरकारले कैद मिनाह गरी राष्ट्रपतिसमक्ष आममाफी सिफारिस स्वीकृत गराइन्छ भने न्यायलय नियम, कानुन किन चाहियो ? अनि यस्तो देशमा नागरिक किन बस्छन ? प्रतिभा पलायन स्वभाविक छ । दोषी को ?
प्रतिभा यो देशको नियम कानुन कडा भएर पलायन भएका हुन र ? होइनन् । के अमेरिकामा अन्तकतैको भन्दा सजिलो कानुन छ र ? छैन नी ! तर प्रतिभाहरु दण्डहिनता टुलुटुलु हेर्नुभन्दा नदेख्ने ठाउँमा जान चाह्यो । कानुनी राज्य प्रत्याभूति भएको ठाउँमा जान चाह्यो । अन्ततः प्रतिभा पलायन भयो । ‘चोरलाई चौतारो साधुलाई सुली’ यो उखान कहिले सम्म सुनिनु पर्ने हो ? होइन भने नामुद हत्यारा, ठग, चोर, किर्ते गर्नहरु कानुनको छिद्र समातेर खराव नियतसँग खुलेआम राज्य संयत्र प्रयोग गरेर दण्ड हिनतालाई बल पुग्ने गरी गरिएका तमाम कामले अव यो राज्य कता जाँदैछ भन्ने प्रश्न यता उता सवत्र उठेको छ । जव राज्यका निकायहरु सर्वसाधारणलाई सास्ती र फटाहालाई रजगज हुनेगरी पचिालन भएपछि प्रतिभा भएका मानिस यही हेरेर बस्छन की पलायन हुन्छन् ? यो सामान्य सुझबुझ भएको व्यक्तिले बुझिहाल्ने कुरा भईहाल्यो । २००७ सालको क्रान्ति भयो – सामन्तवाद र निरंकुशताबाट मुक्त गर्न सफल भयो । तर सामन्तीका अवशेषले फेरि टाउको उठाए र २०१७ ल्याई छाडे । आज ७५ वर्ष पछिको अवस्थामा त संस्कार र शिक्षाले डोहोर्याउन सकिरहेको छैन मानिसहरुलाई भने २००७–०१७ का विचमा कति व्यक्ति थिए होला –त्यो प्रजातन्त्रलाई हुर्काउन, जोगाउन र फुलाउन – फलाउन ! परिणाम परिवर्तनका बाहकलाई जेलको चिसो छिडीमा सडाइयो जसको परिणाम राजसंस्था नै इतिहास बन्यो । जुन दिनदेखि प्रजातन्त्रको हुर्मत लिइयो त्यसै दिन देखि राजसंस्था जनतादेखि टाढिदै गयो । मिल्नु पर्थाे मिल्न नसक्दा परिणाम प्रत्युउत्पादक बन्यो । जनताले २००७ सालमा योगदान गरे । ०३६ सालमा गरे । ०४६ सालमा गरे । २०६२/०६३ मा पनि गरे । तर मुठ्ठीभर व्यक्तिहरुको रजगज बाहेक सर्वसाधारणले महसुस हुनेगरी केही भएन । के आजको दिनमा जनताको पक्षमा दीगो हुने गरी कार्यक्रम र योजना साथै त्यसलाई लागु गर्न दृढ इच्छाशक्ति भएको कुनै नेता देखिन्छ त ? अहिले त्यस्तो लाग्दैन । देश र जनताको भलो गर्ने निर्णय र निष्ठाको राजनीति गर्नेहरु १५–२० वर्ष जेलैमा विताएकाहरु पनि सत्तामा पुग्दा स्खलित भए भने नयाँबाबाट संभावना झनै गौण छ ।
नेपाली समाज यतिविध्न अद्योगतितिर किन गइराखेको छ ? इमान्दारिताको कदर कहिले हुने हो ? चोरलाई चोर र साधुलाई साधुकै व्यवहार कहिले देखि हुने हो । जे देखिन्छ, त्यो किन भइराखेको छैन । निर्णय गर्ने व्यक्तिहरु निर्दाेष तर त्यही निर्णय पालना गर्ने कार्यान्वयन गर्ने व्यक्ति ‘दोषी’ यो कसरी मिल्ने कुरा हो ? अनि यस्तो व्यथिति हेर्नुभन्दा प्रतिभा पलायन हुन स्वाभाविक होइन र ! यस्तो लाग्छ, देश, समाज, यसरी यस्तैगरी धेरै टाढा जाँदैन । अवको सम्भावना – अराजकताको भुमरी नै हो । राजनीतिक पार्टीहरुको सांगठानिक चरित्रले जनाता गोलबद्ध हुने सम्भावना कमजोर भएको छ । यद्यपि ढिलै भएपनि राष्ट्र र जनताको नाममा संसदमा रहेका सवैदलको संयुक्त वैठक बसी सर्वसाधारणको हितमा निम्न निर्णय गरी कार्यान्वयन प्रकृयामा उच्च मनोवलका साथ लाग्न सके परिस्थिति नियन्त्रण मै रहनसक्ने सम्भावना भने नकार्न सकिन्न ।
१. निष्कलंक र उच्च मनोवल भएको राष्ट्रवादी व्यक्ति अख्तियार प्रमुखमा सिफारिस र उसैको सल्लाह र सिफारिसमा अरु ४ जनाको नियुक्ति गरी स्वतन्त्र ढंगले काम गर्ने वातावरणको निर्माण
२. राजनीतिक पार्टीहरुले समानुपातिक प्रणालीको क्षतिपूर्ति अरुनै तवरले गराई संसदको तल्लोसदनको एफपीटीपी सिष्टमको मात्र चुनाव गराउने ।
३. प्रदेशको अधिकार केन्द्र र स्थानीय तहलाई दिई यसलाई खारेज गर्ने प्रबन्ध गर्ने ।
४. प्रधानमन्त्री दुई कार्यकाल भन्दा बढी हुन नपाउने ।
५. विपन्नको पहिचान गरी तुरुन्त राहातको कार्यक्रम ल्याउने ।
यति गरिसकेपछि परिणामहरु क्रमशः देखापर्न थाल्नेछन । राजनीति सङलनेछ । प्रतिभाहरु फर्कन थाल्ने छन् । भएकाहरु यही रोकिने छन र सम्भावनाको खोजी गर्नेछन् । नत्र भने व्यवस्थामा नै प्रश्न उठी नयाँ अध्ययायको सुभारम्भ हुनेनै छ किनकी समयले कसैको प्रतिक्षा गर्दैन । यो वलवान छ । प्रत्येक १०/१२ वर्षमा यस्तो गरेकै छ । बेलैमा वुद्धि फिरेको राम्रो । जय होस् ।
“नम्मरी भनेर किनेकाे खोटो परेछ” मधुराे स्वरमा मेरा परम मित्र सुनाउँछन् – १० वर्ष अघि जमिन किन्नु अघि नापी, मालपोत, सँधियार, छिमेक बुझेर किनेको जमिन आज अमुक व्यक्ति त्यो ‘जग्गा’ मेरो हो भनेर आउँछ । कसरी जग्गाधनी भनी अमुकलाई उभ्याएर नामसारी गरियो होला ? कुन अमुकलाई उभ्याएर मोही भनी उभ्याइयो होला र सक्कलीले आज दावी गर्न आइपुग्यो ? दोष कसको ? किन्ने वाला को ? किन्नेवाला पछिल्लो ४/५ जना जग्गा धनी पछि को १० औँ वर्षपछिको कुरा यी पिडितले न्याय कहिले पाउँछन ? यो देशमा यसरी अन्यायमा परेका बाबुआमा र त्यो सुनेर बाबुआमाको सकसको साक्षी छोराछोरी के भनेर बस्छन यो देश ? अव रह्यो यसो हुनमा दोषी को ? सोझो भन्दा जग्गा हत्याउने दलाललाई र त्यसको वातावरण बनाइदिने कर्मचारी, मालपोत र नापीका र विचौलिया –लेखनदास त भइनै हाले । जवसम्म यस्ता चण्डालहरुलाई राज्यले खोजी खोजी दुधको दुध पानीको पानी छुट्याएर दण्ड र सजाय दिँदैन, अव भन्नुस – मानिस असुरक्षित भावले किन बस्छ यहाँ ? दोषी को ? मानी लिउँ १० वर्ष कैद सजायमा फौजदारी अभियोमा फेरि आफ्नै नाता, गोता इष्टमित्र, पार्टीको मान्छे भन्ने नामा यस्ता अपराधीलाई छुटाउन सरकारले कैद मिनाह गरी राष्ट्रपतिसमक्ष आममाफी सिफारिस स्वीकृत गराइन्छ भने न्यायलय नियम, कानुन किन चाहियो ? अनि यस्तो देशमा नागरिक किन बस्छन ? प्रतिभा पलायन स्वभाविक छ । दोषी को ?
प्रतिभा यो देशको नियम कानुन कडा भएर पलायन भएका हुन र ? होइनन् । के अमेरिकामा अन्तकतैको भन्दा सजिलो कानुन छ र ? छैन नी ! तर प्रतिभाहरु दण्डहिनता टुलुटुलु हेर्नुभन्दा नदेख्ने ठाउँमा जान चाह्यो । कानुनी राज्य प्रत्याभूति भएको ठाउँमा जान चाह्यो । अन्ततः प्रतिभा पलायन भयो । ‘चोरलाई चौतारो साधुलाई सुली’ यो उखान कहिले सम्म सुनिनु पर्ने हो ? होइन भने नामुद हत्यारा, ठग, चोर, किर्ते गर्नहरु कानुनको छिद्र समातेर खराव नियतसँग खुलेआम राज्य संयत्र प्रयोग गरेर दण्ड हिनतालाई बल पुग्ने गरी गरिएका तमाम कामले अव यो राज्य कता जाँदैछ भन्ने प्रश्न यता उता सवत्र उठेको छ । जव राज्यका निकायहरु सर्वसाधारणलाई सास्ती र फटाहालाई रजगज हुनेगरी पचिालन भएपछि प्रतिभा भएका मानिस यही हेरेर बस्छन की पलायन हुन्छन् ? यो सामान्य सुझबुझ भएको व्यक्तिले बुझिहाल्ने कुरा भईहाल्यो । २००७ सालको क्रान्ति भयो – सामन्तवाद र निरंकुशताबाट मुक्त गर्न सफल भयो । तर सामन्तीका अवशेषले फेरि टाउको उठाए र २०१७ ल्याई छाडे । आज ७५ वर्ष पछिको अवस्थामा त संस्कार र शिक्षाले डोहोर्याउन सकिरहेको छैन मानिसहरुलाई भने २००७–०१७ का विचमा कति व्यक्ति थिए होला –त्यो प्रजातन्त्रलाई हुर्काउन, जोगाउन र फुलाउन – फलाउन ! परिणाम परिवर्तनका बाहकलाई जेलको चिसो छिडीमा सडाइयो जसको परिणाम राजसंस्था नै इतिहास बन्यो । जुन दिनदेखि प्रजातन्त्रको हुर्मत लिइयो त्यसै दिन देखि राजसंस्था जनतादेखि टाढिदै गयो । मिल्नु पर्थाे मिल्न नसक्दा परिणाम प्रत्युउत्पादक बन्यो । जनताले २००७ सालमा योगदान गरे । ०३६ सालमा गरे । ०४६ सालमा गरे । २०६२/०६३ मा पनि गरे । तर मुठ्ठीभर व्यक्तिहरुको रजगज बाहेक सर्वसाधारणले महसुस हुनेगरी केही भएन । के आजको दिनमा जनताको पक्षमा दीगो हुने गरी कार्यक्रम र योजना साथै त्यसलाई लागु गर्न दृढ इच्छाशक्ति भएको कुनै नेता देखिन्छ त ? अहिले त्यस्तो लाग्दैन । देश र जनताको भलो गर्ने निर्णय र निष्ठाको राजनीति गर्नेहरु १५–२० वर्ष जेलैमा विताएकाहरु पनि सत्तामा पुग्दा स्खलित भए भने नयाँबाबाट संभावना झनै गौण छ ।
नेपाली समाज यतिविध्न अद्योगतितिर किन गइराखेको छ ? इमान्दारिताको कदर कहिले हुने हो ? चोरलाई चोर र साधुलाई साधुकै व्यवहार कहिले देखि हुने हो । जे देखिन्छ, त्यो किन भइराखेको छैन । निर्णय गर्ने व्यक्तिहरु निर्दाेष तर त्यही निर्णय पालना गर्ने कार्यान्वयन गर्ने व्यक्ति ‘दोषी’ यो कसरी मिल्ने कुरा हो ? अनि यस्तो व्यथिति हेर्नुभन्दा प्रतिभा पलायन हुन स्वाभाविक होइन र !
यस्तो लाग्छ, देश, समाज, यसरी यस्तैगरी धेरै टाढा जाँदैन । अवको सम्भावना – अराजकताको भुमरी नै हो । राजनीतिक पार्टीहरुको सांगठानिक चरित्रले जनाता गोलबद्ध हुने सम्भावना कमजोर भएको छ । यद्यपि ढिलै भएपनि राष्ट्र र जनताको नाममा संसदमा रहेका सवैदलको संयुक्त वैठक बसी सर्वसाधारणको हितमा निम्न निर्णय गरी कार्यान्वयन प्रकृयामा उच्च मनोवलका साथ लाग्न सके परिस्थिति नियन्त्रण मै रहनसक्ने सम्भावना भने नकार्न सकिन्न ।
यति गरिसकेपछि परिणामहरु क्रमशः देखापर्न थाल्नेछन । राजनीति सङलनेछ । प्रतिभाहरु फर्कन थाल्ने छन् । भएकाहरु यही रोकिने छन र सम्भावनाको खोजी गर्नेछन् । नत्र भने व्यवस्थामा नै प्रश्न उठी नयाँ अध्ययायको सुभारम्भ हुनेनै छ किनकी समयले कसैको प्रतिक्षा गर्दैन । यो वलवान छ । प्रत्येक १०/१२ वर्षमा यस्तो गरेकै छ । बेलैमा वुद्धि फिरेको राम्रो । जय होस् ।
नरेन्द्र सुवेदी
उपप्राध्यापक,
सरस्वती क्याम्पस, काठमाडाैँ