नयाँ एक रुपैयाँको सिक्कामा चुच्चे नक्सा र आकाश भैरव, मन्त्रिपरिषद्बाट पास भई राष्ट्र बैंक पुग्यो

श्रावण १०, काठमाडौं । सरकारले एक रुपैयाँको सिक्काको नयाँ डिजाइन तयार पारेको छ, जसमा नेपालको चुच्चे नक्सासँगै आकाश भैरवको ऐतिहासिक चित्र समावेश गरिएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार, यो डिजाइन मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको र अर्थ मन्त्रालय हुँदै हाल नेपाल राष्ट्र बैंकमा पुगिसकेको हो। मन्त्रिपरिषद्ले स्वीकृत गरेको यही डिजाइनका आधारमा अब सिक्का उत्पादनको तयारी अगाडि बढ्ने स्रोतको भनाइ छ। राष्ट्र बैंक ऐनमा कुनै पनि नोट वा सिक्काको डिजाइन स्वीकृत गर्दा...

राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

असार ३०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्बाट पारित आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार, संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले मङ्गलबार ती विधेयकहरू प्रमाणीकरण गर्नुभएको हो। प्रमाणीकरण गरिएका विधेयकहरूमा विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ रहेका छन्। यी विधेयकहरू प्रमाणीकरण भएसँगै सरकारलाई आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन गर्ने कानुनी...

भारी वर्षाको उच्च जोखिम: सतर्क रहन महाशाखाको आग्रह

असार २१, काठमाडाैँ । देशभर मनसुन वायुको प्रभाव सक्रिय रहेसँगै जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। हाल देशभर साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रका साथै विभिन्न प्रदेशका तराई भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। यसक्रममा हिमाली तथा पहाडी भेगका...

देशभर मनसुन सक्रिय: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आह्वान

असार १७, काठमाडौँ | मनसुन नेपाल भित्रिएको १२ दिनमा देशभर पूर्ण रूपमा सक्रिय भएको छ। मनसुनी वायुको प्रभावले आज बुधबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टाको अवधिमा धादिङको गजुरीमा १९.६ मिलिमिटर, लमजुङको भुजुङमा १६ मिलिमिटर र भोर्लेटारमा १४.४ मिलिमिटर वर्षा मापन गरिएको छ। विगत २४ घण्टामा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्म नै हल्कादेखि मध्यम...

राहदानी ठेक्का विवाद: असार ३१ सम्म जर्मन कम्पनीलाई नै काम गर्न दिने सहमति

असार १६, काठमाडौं । राहदानी विभागले जर्मन कम्पनीहरूको सहयोगमा आगामी असार ३१ गते (जुलाई १५) सम्म नयाँ इ–पासपोर्ट छपाइ सुरु गर्ने भएको छ। पछिल्लो समय प्रधानमन्त्रीको सचिवालयले ठेक्का पाएका जर्मन कम्पनीहरूले समयमा काम गर्न नसक्ने दाबी गर्दै ठेक्का रद्द गर्न राहदानी विभागलाई चर्को दबाब दिँदै आएको थियो। सचिवालयका सदस्यहरूले तालुकदार मन्त्रालयलाई ‘बाइपास’ गर्दै राहदानी विभागका अधिकारीहरूलाई सिधै ठेक्का तोड्न मौखिक निर्देशन दिएपछि विभागका कर्मचारीहरू परराष्ट्रमन्त्री शिशिर खनालको ‘गुहार’ माग्दै मन्त्रालय...

कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक

फागुन ५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । यो परीक्षा २०८३ वैशाख १४ गते (सोमबार) बाट सुरु भई वैशाख २७ गते (आइतबार) सम्म सञ्चालन राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ । परीक्षा बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म हुनेछन् । rastriya-parksha-board ...

पुस १५ देखि दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने

पौष ९, काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याउने जनाएको छ । एक सूचना निकाल्दै प्राधिकरणले पुस १५ गतेभित्रमा मोबाइलहरु दर्ता गर्न आह्वान गरेको छ । मोबाइल सेटको अबैधानिक तवरले आयात रोक्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गरि गैरकानुनी प्रयोगलाई निरुत्साहित गरी व्यवस्थित गर्न दुरसन्चार प्राधिकरणले परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो । दुरसन्चार प्राधिकरणले बिदेशबाट आउने नेपालीहरूले निजी...

दक्षिण एसियाकै आधुनिक औद्योगिक पार्क झापामा बन्ने

झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको दुई हजार दुई सय बिघामा फैलिएको आधुनिक औद्योगिक पार्क निर्माण हुन लागेको हो । सरकारले औद्योगिक पार्कका लागि आवश्यक पर्ने जग्गा मध्ये एक हजार सात सय ९० बिघा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दिइसकेको जसमा नौ सय ४२ बिघा जग्गा लिमिटेडको नाममा निःशुल्क प्राप्त भएको र चार सय ११ बिघाको मुआब्जा वितरण भइरहेको कार्यक्रमा जनाइएको छ । चिनियाँ ग्लोबल एनजिओ...

अन्तरीक्षमा चीनको अपार सफलता

काठमाडौं । चीनले हालै पृथ्वीबाट नदेखिने चन्द्रमाको सतहमा पहिलोपटक रोबोट अन्तरीक्षयानको सफल अवतरण गराएको छ । चिनिया रोबोट यान चांग ए फोर चन्द्रमाको दक्षिणी ध्रुवस्थित एटकेन बेसिनमा उत्रिएको छ । उक्त यानले चन्द्रमाको त्यस सतहका तस्वीर मात्र पठाउने होइन सुक्ष्म परीक्षण पनि गर्नेछ । चिनिया मिडियाहरुका अनुसार चन्द्रमामा अवतरित उक्त यानलाई अन्तरीक्ष अनुसन्धानको क्षेत्रमा एउटा कोशेढुंगाको रुपमा रहेको छ । चीनको अन्तरीक्ष कार्यक्रमको सुरुवात केवल डेढ दशक अघिमात्र भएको हो । यति...

यी हुन् विश्वमा अहिलेसम्म धेरै बिक्री भएका १० मोबाइल फोन

एजेन्सी । विश्वमा मोबाइल फोनको प्रयोग भएदेखि यता अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोन कुन होला ? सामसुङ र एप्पलका पछिल्ला मोडेलका चर्चित स्मार्टफोन दुनियामा सबैभन्दा धेरै बिकेका मोबाइल फोन हुन् भन्ने तपाईंले सोच्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । विश्वमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएका स्मार्टफोनको सूचीमा टप टेनसम्म सामसुङको ग्यालेक्सी एस वा नोट सिरिज र नयाँ आइफोनका मोडेल कुनै पर्दैनन् । आखिर विश्वमा अहिलेसम्म धेरै बिक्री भएका...