नेपालले थप २५१ मेगावाट विद्युत भारतीय बजारमा निर्यात गर्ने

भदौ ३, काठमाडौँ । नेपालले थप २५१ मेगावाट विद्युत निर्यातका लागि बाटो खुलेको छ । नेपालका १२ वटा जलविद्युत परियोजनाबाट थप २५१ मेगावाट विद्युत् लैजाने स्वीकृत दिएको नेपाल स्थित भारतीय दुतावासले जनाएको छ। यसअघि भारतले नेपालबाट ६९० मेगावाट विद्युत् मात्रै आफ्नो बजारमा बिक्रीका लागि अनुमति दिएको थियो। थप स्वीकृतिसँगै नेपालले अब भारतीय बजारमा ९४१ मेगावाट विद्युत् बिक्री गर्न अनुमति पाएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमै रहेका वेला भारतले...

सुनको भाउ घट्याे

भदाै ३, काठमाडाैँ । सुनको भाउ आज सामान्य घटेको छ । हिजो एकै दिन तोलामा तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ घटेर एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजाेकै यथावत रहेकाे छ । चाँदी तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...

आजदेखि चिरख्वा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्दै

चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं. १ देखि ६ नं.का वासिन्दाले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्युनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन...

साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्दै चिरख्वा हाइड्रोपावर

साउन २१, काठमाडाैँ । चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं. १ देखि ६ नं.का वासिन्दाले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्युनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका...

नेपाल राष्ट्र बैंक
जुवा तथा बाजीजन्य कार्यमा संलग्न भएमा बैंक खाता रोक्का

२०७९ मंसिर २७, मंगलबार । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विद्युतिय भुक्तानी मार्फत जुवा तथा बाजिजन्य गैर कानूनी कार्यहरुमा संलग्न नहुन सूचित गरेको हो । साथै जुवा तथा बाजीजन्य कार्यमा संलग्न भएमा बैंक खाता, मोवाइल वालेट लगायतबाट हुुने कारोबारहरु रोक्का गर्ने जनाएको छ । यस्तो कार्यमा संलग्न भएको खण्डमा इजाजत अनुमतिपत्र प्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य गैर कानुनी कार्यहरुको भुक्तानी बैंक खाता, मोवाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट...

वाणिज्य बैंकहरुले पुसमा ब्याजदर नबढाउने
पुस महिनामा वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने

२०७९ मंसिर २७, मंगलबार । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले पुस महिनाको लागि ब्याजदर नबढाउने निर्णय गरेको संघका अध्यक्ष अनिल उपाध्यायले जानकारी दिएका छन्। बैंकहरुले मंसिरमा पनि ब्याजदर बढाएका थिएनन्। मौद्रिक नीतिको समीक्षालाई हेरेर मात्र ब्याजदर घटाउने भन्दै मंसिरमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका थिए । मंसिरमा विकास बैंक तथा फाइनान्सहरुले ब्याजदर घटाएका थिए। यससँगै वाणिज्य बैंकहरुलाई ब्याजदर घटाउन चर्को दबाब परेको थियो। यद्यपि, बैंकहरुले पुस महिनाको लागि पनि ब्याजदर घटाउने...

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोद्वारा शपथ ग्रहण
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

मंसिर २५, २०७९ काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । माछापुच्छ्रे बैँकको मंसिर १२ गते सोमबार बसेको सञ्‍चालक समितिको बैंठकले डा. महतोलाई सञ्‍चालक समितिको अध्यक्षमा चयन गरेको थियो । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैँक सञ्चालक समिति सदस्य लगायतको उपस्थिति रहेको...

चिरख्वा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियाे आवेदन

कार्तिक २४, काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागिआईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । काठमाडौँ महानगरपालिका वडा नं. २९ मा मुख्य कार्यालय रहेको कम्पनीको भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा कम्पनीको माथिल्लो चिरख्वा खोला जलविद्यूत आयोजना (४.७ मे.वा.) निर्माण अन्तिम चरणमा रहेको छ । कम्पनीले जारी पूँजी चालिस करोड...

विश्वकै गरिब पूर्वराष्ट्रपति

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकालाई विश्वकै सबैभन्दा गरिब पूर्वराष्ट्रपति मानिन्छ । उनी राष्ट्रपति पद छाडिसकेपछि सन् २०१५ यता उरुग्वेको सांसद रहँदै आएका थिए । तर आफ्नो कार्यकाल पुरा हुनु अघि नै उनले हालै सांसद पदबाट राजीनामा दिएका ८३ वर्षीय मुजिकाले लामो यात्राका कारण आफू थकित भएको जनाउँदै सांसद पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा पत्रमा आफ्नो दिमागले काम गरेसम्म एकता र विचारको युद्धबाट भने राजीनामा नदिने मुजिका सादगीपूर्ण जीवन...

पृथ्वीबाट नदेखिने चन्द्रमाको सतहमा अन्तरीक्षयानको सफल अवतरण

काठमाडौं । चीनले हालै पृथ्वीबाट नदेखिने चन्द्रमाको सतहमा पहिलोपटक रोबोट अन्तरीक्षयानको सफल अवतरण गराएको छ । चिनिया रोबोट यान चांग ए फोर चन्द्रमाको दक्षिणी ध्रुवस्थित एटकेन बेसिनमा उत्रिएको छ । उक्त यानले चन्द्रमाको त्यस सतहका तस्वीर मात्र पठाउने होइन सुक्ष्म परीक्षण पनि गर्नेछ । चिनिया मिडियाहरुका अनुसार चन्द्रमामा अवतरित उक्त यानलाई अन्तरीक्ष अनुसन्धानको क्षेत्रमा एउटा कोशेढुंगाको रुपमा रहेको छ । चीनको अन्तरीक्ष कार्यक्रमको सुरुवात केवल डेढ दशक अघिमात्र भएको हो । यति...