अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेको छ । सो विषयमा माथिल्लो सदन सिनेटमा छलफलको लागि प्रवेश पाएको छ । जसबाट उनी राष्ट्रपति रहने वा नरहने विषयमा निक्र्योल गर्नेछ । डोनल्ड ट्रम्प महाअभियोग लगाइएका तेस्रा राष्ट्रपति हुन । अहिलेसम्म महाभियोग लागेर सिनेटबाट महाअभियोगको प्रस्ताव पारित भएर कुनै पनि अमेरिकी राष्ट्रपति पदमुक्त भएका छैनन् । तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा मतदान...
पाकिस्तानको विशेष अदालतले भूतपूर्व सैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ । उच्च अदातलका इस्लामाबादस्थित अदालतका मुख्य न्यायाधीश भएको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । मुसरफलाई सन् २००७ मा सङ्कटकाल घोषणा संविधान निलम्बन गरेकोमा देशद्रोहको मुद्दा लगाइएको थियो । मुसर्रफ सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका थिए । कारगिल युद्धमा सेनाको संलग्नताको विषयले तत्कालीन...
एक छात्रालाई जीवितै जलाएको अभियोगमा बङ्गलादेशमा दोषी ठहर गर्दै १६ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । शिक्षकले यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ आगो लगाई रफीको हत्या भएको थियो । नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापकबाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ । सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै नुसरतले आफ्ना प्रधानाध्यापक विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्...
कार्तिक ६ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिवेरल पार्टी यसपाली पनि चुनावमा अगाडि भएको छ । क्यानडामा दोस्रो कार्यकालका लागि जस्टिन ट्रुडो प्रधानमन्त्री बन्ने पक्का भएको छ । क्यानडामा मंगलबार सम्पन्न भएको निर्वाचनमा लिबरल पार्टीले संसदका ३३८ सिटमध्ये १५७ सिटमा जितेको छ भने अघिल्लो चुनावको २९ सिट गुमाएकोे छ भने कञ्जरभेटिभ पार्टीले १२१ सिट जितेर पहिलेको भन्दा २१ सिट बढीमा विजय हासिल गरेको छ । त्यस्तै...
आजदेखि कामठमाडौँमा गैरआवासीय नेपाली संघको ९ औ विश्व सम्मेलन हुँदैछ । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ९ औ विश्व सम्मेलनको बारेमा जानकारी गराएको थियो । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारा लिएर हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने जनाइएको छ । ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीसहित २ हजार ५ सयको सहभागीहरुले संघको नयाँ नेतृत्व चयन गर्दैछन । एनआरएनएमा...
पाकिस्तानको राजधानी लगायत देशको उत्तरी भुभाग पेशवार लगायतका क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी यूएसजीएसको भूगर्भ विभागले भुकम्पको मापन ५.८ म्याग्निच्युड रहेको घोषणा गरेका छ । यसको केन्द्रविन्दु पञ्जाबको जेलुम शहरभन्दा पाँच किलोमिटर टाढा थियो। यसले २२.३ किलोमिटर वरपरको क्षेत्रमा प्रभाव पारेको पाकिस्तानी टेलिभिजन च्यानलहरुले जनाएका छन् । ...
काठमाडौं । अमेरिका र मेक्सिकोबीच पर्खाल बनाउन राष्ट्रिय संकट घोषणा गर्न सक्ने संकेत गरेका छन् । डेमोक्रेटिक पार्टीले पर्खाल बनाउनका लागि कोषलाई अनुमति दिने विषयको चर्काे विरोध गर्दै आएको छ । यसै कारणले करिव आठ लाख संघीय कर्मचारीहरुले डिसेम्बर २२ देखि तलब नपाएका र विगत दुई हप्तादेखि आंशिक रुपमा मात्रै कामकाज गदै आएका छन् । ट्रम्पले यस विषयमा शनिवार आफ्ना सल्लाहकार तथा कानुनविदहरुसँग यो गतिरोधको बारेमा ...


