भदौ ४, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरुले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरुले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो। नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गर्नुभएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन तथा चालु आर्थिक वर्ष २०८३/८४ मा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन...
भदौ ४, काठमाडौं । सबै सरकारी निकायले वस्तु तथा सेवा खरिद गर्दा स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार यससम्बन्धी निर्देशन जारी गर्दै सङ्घ, प्रदेश र स्थानीय तहका साथै विदेशस्थित नेपाली नियोगहरूलाई समेत यो व्यवस्था लागू गर्न भनेको छ। कार्यालयका अनुसार, यो कदम स्वदेशी उद्योग र सीपलाई संरक्षण दिने, आयात घटाउने र स्वदेशमै रोजगारी बढाउने लक्ष्यका साथ अघि सारिएको हो। यसअनुसार सरकारी कार्यक्रम, उपहार, कार्यालय...
भदौ १, काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलहरूमा गुजुल्टिएका र प्रयोगविहीन तारहरू व्यवस्थापन गर्ने अभियानले उल्लेख्य गति लिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमन प्रतिवेदनअनुसार अधिकांश रुटमा तार बन्डलिङ गरिए पनि खुला तार हटाउने, केबल लूप व्यवस्थापन गर्ने, सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राख्ने र फिनिसिङ सुधार्ने काम भने पूरा हुन सकेको छैन। अव्यवस्थित तारले आगलागी, दुर्घटना र सडक सुरक्षामा जोखिम बढाएको भन्दै सरकारले पहिलो चरणमा...
श्रावण ३१, काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको नेतृत्वमा अनुभव र क्षमताको कमी रहेको भन्दै यसले देशलाई संकटतर्फ धकेलिरहेको टिप्पणी गर्नुभएकाे छ। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र साहलाई परोक्ष रूपमा लक्षित गर्दै सरकार चलाउनु पनि एक कलाजस्तै भएकाले यसका लागि अनुभव आवश्यक पर्ने बताउनुभयाे। उहाँका अनुसार, नयाँ भनिने राजनीतिक शक्तिहरूसँग शासन सञ्चालनको न्यूनतम सीप र...
श्रावण ३१, काठमाडौं । देशभर हाल मनसुन वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा हाल साधारणतया बदली छ भने मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भागमा आंशिक बदली छ। कोशी, बागमती...
श्रावण ३०, काठमाडौँ । नेपाल आयल निगमले शनिबार काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री–वितरण गरेको छ। निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा र पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रहरूबाट ग्यास वितरण गरिएको हो। वितरणका क्रममा केही ब्रान्डका सिलिन्डर अपुग भएपछि समयमै पुगेका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट पहिलो प्राथमिकतामा राखी ग्यास दिने व्यवस्था मिलाइएको निगमले...
श्रावण २८, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो मन्त्रालयका लागि चार सदस्यीय सल्लाहकार समूह तयार पार्नुभएको छ। बिहीबार तीन जना नयाँ अनुहार थपेसँगै सल्लाहकारहरूको संख्या चारमा पुगेको हो। मन्त्रालयका जानकारी अनुसार, योजना तथा लगानी क्षेत्र हेर्नका लागि आशुतोष तिवारी, नीति क्षेत्रका लागि रमेश पौडेल र निजी क्षेत्र सम्बन्धी विषयका लागि गणेश कार्कीलाई जिम्मेवारी दिइएको छ। यसअघि नै विवेकराज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकिएको थियो। यसरी हेर्दा...
श्रावण २८, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निरन्तर चलिरहेको छ । आज पनि यसको शृंखला जारी रहने भएको हो। सभापति गगनकुमार थापाको नेतृत्वमा साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा सुरु भएको यो बैठकमा बुधबार मात्रै २८ जना केन्द्रीय सदस्यहरूले आ-आफ्ना विचार राख्नुभएकाे थियो। सदस्यहरूबीचको छलफल अझै टुंगोमा नपुगेकाले बैठक आजको दिनका लागि पनि निरन्तरता पाउने भएको छ। बैठकको जानकारी दिँदै पार्टी प्रवक्ता देवराज चालिसेले अर्थतन्त्र सुदृढ बनाउने...
श्रावण २२, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक ‘कोइराला निवास’को मर्मत सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई लेखेको पत्रमार्फत डा. कोइरालाले यो निर्णय जनाउनुभएकाे हो। उहाँले राज्यको सीमित स्रोत साधन वञ्चना र कष्टमा रहेका नागरिकहरूको उत्थानमा खर्च हुनुपर्ने बताउँदै उक्त रकम नैतिक रूपमा ग्रहण गर्न नसकिने उल्लेख गर्नुभएकाे छ। आगामी आर्थिक वर्ष...
श्रावण २१, काठमाडौं । सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बैठकले तथ्याङ्क नियमावली, २०८० का विभिन्न पाँच नियम तथा अनुसूचीमा संशोधन गरेको छ, जसअन्तर्गत नियमावलीको नाम परिवर्तन गरी ‘तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३’ कायम गरिएको छ। संशोधित नियमावलीमा सूक्ष्म खोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा पनि परिवर्तन गरिएको छ। यसअघि...


