जेठ २९ ,काठमाडौँ । विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ को गएराति मेक्सिकोको मेक्सिको सिटी स्टेडियममा एक भव्य समारोहका बीच औपचारिक उद्घाटन भएको छ। संगीत र खेलको अनुपम संगम बनेको उक्त उद्घाटन समारोहमा विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय कलाकारहरू शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन र टाइलालगायतले आफ्नो जोडदार सांगीतिक प्रस्तुति दिँदै उपस्थित खेलप्रेमीहरूलाई उत्सवमा झुमाएका थिए। उद्घाटन समारोहलगत्तै भएको पहिलो खेलमा सह-आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत...
जेठ २५, काठमाण्डाै । फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा आज सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सोक्ससार्जेन क्षेत्रमा मात्र १२९ जनाभन्दा बढी गम्भीर घाइते भएका छन्। नागरिक सुरक्षा कार्यालयका अनुसार उद्धार टोलीहरूले भग्नावशेषबाट शव निकाल्ने र घाइतेहरूको खोजी गर्ने कार्यलाई तीव्र पारेका छन्। भूकम्पपछि तटीय क्षेत्रहरूमा १.४ मिटरसम्म अग्ला सुनामीका छालहरू रेकर्ड गरिएका छन्, जसका कारण राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले तटीय बासिन्दाहरूलाई...
जेठ २४,काठमाण्डाै। भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा पहिलो पटक सडक प्रदर्शन गरेको छ। पार्टीका संस्थापक अभिजित दिप्केको नेतृत्वमा शनिबार बिहानैदेखि सयौँको संख्यामा उपस्थित युवाहरूले मन्त्रालयमाथि गम्भीर प्रश्न उठाउँदै नाराबाजी गरेका हुन्। विशेषगरी सन् २०२६ को प्रश्नपत्र चुहावट प्रकरण र कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा प्रयोग गरिएको सिबिएसईको ‘अनस्क्रिन मार्किङ’ प्रणालीमा भएको भनिएको अनियमितता नै आन्दोलनको मुख्य...
जेठ २३, काठमाण्डाै । नाइजरको दुर्गम सहारा मरुभूमिमा एउटा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर कम्तीमा ४९ जना यात्रुको दर्दनाक मृत्यु भएको छ । छिमेकी देश मालीमा इद पर्व मनाएर आफ्नो घरतर्फ फर्किरहेका नाइजरका नागरिकहरू सवार उक्त ट्रक नाइजर र अल्जेरियाको सीमा नाका ‘असामाका’ भन्दा करिब ८० किलोमिटर पश्चिममा अलपत्र परेको थियो । अत्यधिक गर्मी हुने मरुभूमिको बीचमा ट्रक बिग्रिएपछि यात्रुहरू कैयौँ दिनसम्म त्यहीँ रोकिनु परेको र चालकहरूले ट्रक मर्मत...
जेठ २०, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच थाती रहेका तथा आपसी हितका विविध विषयहरूको सूची तयार पारेर समयसीमासहित काम गर्न आफू तयार रहेको बताउनु भएकाे छ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको उच्चस्तरीय भेटवार्तामा प्रधानमन्त्री मोदीले यस्तो प्रतिबद्धता जनाउनु भएकाे हाे । नयाँ दिल्लीमा भएको सो मैत्रीपूर्ण भेटघाटका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचका...
जेठ २०, काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित एक रेस्टुरेन्टमा बुधबार बिहान भीषण आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। दक्षिण दिल्लीको मालवीय नगर क्षेत्रमा रहेको ‘लेमन ग्रीन’ रेस्टुरेन्ट तथा होटल (फ्लोरिस स्टे बी एन्ड बी) भवनमा भएको उक्त दुर्घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बुधबार बिहान करिब ८:५० बजे अचानक सल्किएको आगो तीव्र गतिमा फैलिएपछि भवनभित्र रहेका मानिसहरू थुनिएका...
जेठ १३, काठमाडौं । मध्यपूर्वी देशहरूमा बढ्दो सैन्य तनावका कारण हवाई इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि एयर इन्डियाले आफ्ना अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरूमा व्यापक कटौती गर्ने निर्णय गरेको छ । एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान संख्या घटाउनुका साथै अस्थायी रूपमा धेरैजसो घरेलु उडानहरूको संख्यामा समेत भारी कटौती गर्ने जनाएको हो ।गत फेब्रुअरी २८ मा तेहरानमा भएको अमेरिकी–इजरायली सैन्य आक्रमणपछि इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ बन्द गरेको थियो ।...
जेठ ९, काठमाडौं । अमेरिकाले अस्थायी रूपमा आफ्नो देशमा बसिरहेका विदेशी नागरिकका लागि स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) प्राप्त गर्ने नियममा व्यापक कडाइ गरेको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआईएस) ले सार्वजनिक गरेको नयाँ नीतिअनुसार अब अमेरिकाभित्रैबाट बसाइँ स्थिति परिवर्तन (एडजस्टमेन्ट अफ स्टाटस) गरेर ग्रीन कार्ड लिन पाइने छैन। अस्थायी भिसामा रहेका विदेशीहरूले अब ग्रीन कार्डको आवेदन प्रक्रियाका लागि अनिवार्य रूपमा आफ्नै देश फर्केर अमेरिकी दूतावासमार्फत कानुनी प्रक्रिया...
बैशाख २७, काठमाडौं । उत्तर कोरियाले आफ्नो संविधान र आणविक नीतिमा निकै संवेदनशील र शक्तिशाली प्रावधान थप्दै नयाँ सुरक्षा रणनीति अख्तियार गरेको छ । नयाँ संवैधानिक व्यवस्थाअनुसार अब देशका सर्वोच्च नेता किम जोङको हत्या भएमा वा कुनै विदेशी सैन्य आक्रमणका कारण उहाँ नेतृत्व गर्न नसक्ने गरी असक्षम भएमा उत्तर कोरियाली सैन्य संयन्त्रले तत्काल र स्वतः परमाणु हमला गर्नेछ । ब्रिटिश अखबार ‘द टेलिग्राफ’का अनुसार गत मार्चमा इरानको राजधानी तेहरानमा...
बैशाख २३, काठमाण्डाै । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यले छोटो समझदारीपत्रमा सहमति नजिकिँदै गएको एक क्षेत्रीय स्रोतले जानकारी दिएको छ। यद्यपि ट्रम्प प्रशासनका अधिकारीहरूले यसअघि यस्ता वार्ताहरू अन्तिम समयमा विफल भएको अनुभव रहेकाले सतर्क रहनुपर्ने बताउनुभएको छ।मंगलबार पाकिस्तानी मध्यस्थकर्तामार्फत इरान सहमतितर्फ अघि बढिरहेको सकारात्मक प्रतिक्रिया ह्वाइट हाउसले प्राप्त गरेको दुई अधिकारीहरूले जानकारी दिनुभएको छ। तर उहाँहरूले पाकिस्तानको आशावादिताप्रति केही शंका पनि व्यक्त गर्नुभएको छ।हालका दिनहरूमा कूटनीतिक पहल...


