बैशाख २३, काठमाडौं । भारतको तामिलनाडु राज्यमा हालै सम्पन्न विधानसभा निर्वाचनमा तमिल सिनेमाका चर्चित सुपरस्टार जोसेफ विजयको नवगठित राजनीतिक दल ‘तमिलगा भेट्ट्री कझगम’ (टिभिके) ले ऐतिहासिक सफलता हासिल गरेको छ। पहिलो पटक चुनावी मैदानमा ओर्लिएको विजयको पार्टीले कुल २३४ सिटमध्ये १०८ सिटमा शानदार जित दर्ता गर्दै राज्यकै सबैभन्दा ठूलो दल बन्न सफल भएको हो। २३४ सदस्यीय विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक पर्ने भए पनि टिभिके स्पष्ट बहुमतभन्दा केवल...
बैशाख १९, काठमाडौं । इरान युद्धलाई लिएर उत्पन्न कूटनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा तैनाथ आफ्ना ५ हजार सैनिक फिर्ता बोलाउने निर्णय गर्नुभएको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले हालै इरानसँगको अमेरिकी युद्ध रणनीतिमाथि उठाएको प्रश्न र अमेरिका ‘अपमानित’ भइरहेको भनी दिएको अभिव्यक्तिप्रति आक्रोशित हुँदै ट्रम्पले यस्तो कदम चाल्नुभएको हो।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले शुक्रबार नै सैनिक फिर्ताको प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको...
बैशाख ९, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई गोप्य रूपमा सैन्य सहायता उपलब्ध गराएको हुन सक्ने गम्भीर संकेत गर्नुभएको छ। हालै सिएनबिसीसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले चीनबाट आएको एउटा शंकास्पद जहाज नियन्त्रणमा लिएको दाबी गर्दै त्यसमा रहेका वस्तुहरू ‘उपहार’ स्वरूप इरानका लागि पठाइएको हुन सक्ने बताउनुभएको छ। उक्त जहाजमा मिसाइल निर्माणमा प्रयोग हुने घातक रसायनहरू रहेको आशंका गरिए पनि ह्वाइट हाउसले यसबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।...
बैशाख ६, काठमाडौं । सामरिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ पार गर्ने क्रममा दुईवटा भारतीय व्यापारिक जहाजमाथि इरानी सुरक्षा बलले गोलाबारी गरेपछि भारतले कडा कूटनीतिक आपत्ति जनाएको छ। इराकबाट कच्चा तेल बोकेर मुम्बईतर्फ आउँदै गरेको ‘सनमार हेराल्ड’ र साउदी अरबबाट आइरहेको ‘जग अर्नब’ नामक जहाजलाई इरानी गनबोटहरूले निशाना बनाएका हुन्। घटनामा कुनै मानवीय क्षति नभए पनि इरानी बलको दबाबपछि भारतीय जहाजहरू मार्ग परिवर्तन गर्न बाध्य भएका थिए।यस अभूतपूर्व घटनापछि...
बैशाख १, काठमाडौं । इरानले आफ्ना छिमेकी राष्ट्रहरू साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र कुवेत सँग युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति माग गरेको छ।इरानका लागि संयुक्त राष्ट्र संघमा रहेका राजदूत अमिर सईद इरवानीले महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पठाउँदै उक्त माग राख्नुभएको हो।पत्रमा ती पाँच देशहरूले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेको आरोप लगाउँदै इरानप्रति आफ्नो दायित्व पूरा नगरेको उल्लेख गरिएको छ। उहाँहरूको अन्तर्राष्ट्रिय जिम्मेवारी स्थापित भइसकेकाले इरानलाई भएको भौतिक...
फागुन १७, काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु पछि अमेरिका र इजरायलले इरानमाथि थप हवाई हमला जारी राखेका छ। इरानी स्टेट मिडियाले खामेनीको मृत्यु पुष्टि गरेको छ भने इरानले अमेरिकी तथा इजरायली सैन्य अड्डाहरूमाथि जवाफी मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको हाे।अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा खामेनीको अफिसमा हमला भएको थियो। इरानी राज्य टेलिभिजनले उहाँलाई “शहीद” घोषणा गर्दै ४० दिनको शोक मनाउने निर्णय गरेको छ।...
पाैष २०, काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ३ मा अमेरिकाले भेनेजुएलामा रातारात सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेर देशबाहिर लगिएको दाबी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिकाले भेनेजुएलाका विभिन्न स्थानमा ठूलो स्तरको कारबाही गरेको र मादुरो तथा उनकी पत्नीलाई नियन्त्रणमा लिइएको बताएका छन्। यो कारबाही अमेरिकी कानुन कार्यान्वयन निकायसँगको समन्वयमा गरिएको र थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताएका छन्। आक्रमणपछि राजधानी काराकाससहित...
पौष ८, काठमाडौँ । बंगलादेशको राजधानी ढाकाको नजिक एक कपडा कारखानामा काम गर्ने २७ वर्षीय हिन्दु युवक दिपु चन्द्र दासको भीडद्वारा कुटपिट गरी हत्या गरिएको छ। उनी गार्मेन्ट फ्याक्ट्रीमा लामो १२ घण्टाको शिफ्टमा काम गर्थे र महिनामा करिब १५० डलर तलब पाउँथे। काम गर्ने क्रममा धार्मिक विषयमा भएको सामान्य छलफलपछि उनका केही मुस्लिम सहकर्मीहरूले उनलाई धर्म निन्दा गरेको आरोप लगाए। आरोप लगाइएपछि उनलाई जबरजस्ती कारखानाबाट बाहिर सडकमा तानियो। उनले इस्लामका...
पौष ७, काठमाडौँ । सिरियामा भएको एक आक्रमणमा दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ। अमेरिकी सेनाले मृत्यु हुने सैनिकहरू २५ वर्षका एड्गार ब्रायन टोरेस टोभार र २९ वर्षका विलियम नाथानिएल हावर्ड भएको पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल थु्रथ सोसियलमा लेख्दै आक्रमणका जिम्मेवार “आतङ्ककारीहरूविरुद्ध कडा बदला लिइरहेको” बताएका छन्। उनले सिरियाली सरकार यसमा “पूर्ण रूपमा समर्थनमा रहेको” पनि भनेका छन्। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्टकमका अनुसार...
राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति “सबै तेस्रो मुलुकहरू” बाट हुने आप्रवासनलाई “स्थायी रोक” लगाइने घोषणा गरेका छन्। वाशिङ्टन डिसीमा दुई नेशनल गार्ड सदस्यमाथि भएको गोलीकाण्डपछिको नयाँ कदमले अमेरिकी आप्रवासन नीति झनै कडा बनाएको छ। बुधवार भएको गोलीकाण्डमा एक नेशनल गार्ड सदस्यको मृत्यु भएको थियो भने अर्का व्यक्ति गम्भीर अवस्थामा छन्। यस घटनामा २९ वर्षीय अफगान नागरिक रहमानुल्लाह लाकानवाललाई प्रमुख संदिग्धका रूपमा चिनाइएको छ। ट्रम्पले आफ्नो सोसल’ प्लेटफर्ममा लेख्दै भने,“अमेरिकी प्रणालीलाई पुनःस्थापित...


