विश्वकप २०२६: नकआउटमा कसको भिडन्त कोसँग? यस्तो छ ३२ टोलीको तालिका

असार १४, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक खेलहरू सकिएसँगै अब नकआउट चरणको समीकरण पूरा भएको छ। इतिहासमै पहिलो पटक ४८ राष्ट्रको सहभागिता रहेको यस संस्करणमा समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने ३२ टोलीले उपाधिका लागि नकआउट चरणमा प्रतिस्पर्धा गर्दैछन्। समूह चरणका १२ वटा समूहबाट विजेता र उपविजेता बनेका २४ टोली तथा तेस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट ८ टोली गरी कुल ३२ टोली नकआउट चरणमा प्रवेश गरेका हुन्।...

एम्बाप्पेको दुई गोलसँगै फ्रान्स नकआउट चरणमा

असार ९, काठमाण्डाै । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह चरणको रोमाञ्चक खेलमा फ्रान्सले इराकविरुद्ध ३-० को सानदार जित दर्ता गरेको छ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा सोमबार सम्पन्न उक्त खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले दुई गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नुभएकाे हाे। वर्षाका कारण खेल झण्डै १ घण्टा स्थगित भए पनि पुनः सुरु भएपछि फ्रान्सेली खेलाडीहरू निकै आक्रामक रूपमा प्रस्तुत भए। खेलको १४औँ मिनेटमा एम्बाप्पेले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती...

विश्वकपमा मेसीको ऐतिहासिक कीर्तिमान: सर्वाधिक गोलकर्ता

असार ९, काठमाण्डाै । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा नयाँ कीर्तिमान कायम गर्नुभएकाे छ। आफ्नो फुटबल करियरको छैटौँ विश्वकप खेलिरहनुभएका ३८ वर्षीय मेसीले अस्ट्रिया विरुद्धको महत्त्वपूर्ण खेलमा गोल गर्दै विश्वकपको सर्वकालीन सर्वाधिक गोलकर्ताको शीर्ष स्थान कब्जा गर्नुभएकाे हाे। यसअघि नै विश्वकपमा सर्वाधिक २८ खेल खेल्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका मेसीले अस्ट्रिया विरुद्धको खेलमा गोल गर्दै आफ्नो गोल संख्या १८ पुर्‍याउनुभएकाे छ। पाँच...

फिफा विश्वकप: पाराग्वेको सुरुवाती अग्रताले टर्कीमाथि दबाब

असार ६, काठमाण्डाै । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आजको खेलमा पाराग्वेले टर्कीविरुद्ध सुरुवाती अग्रता लिएको छ। अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी प्रतिस्पर्धाको दोस्रो मिनेटमै माटियास गालार्जाले गोल गर्दै पाराग्वेलाई १–० को अग्रता दिलाएका हुन्। प्रतियोगिताको आफ्नो पहिलो खेलमा पराजय व्यहोरेका दुवै टोलीका लागि आजको खेल अस्तित्वको लडाइँ बनेको छ। अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा टर्की...

हाइटीमाथि ब्राजिलको सानदार जित

असार ६, काठमाण्डाै । पहिलो खेलमा मोरक्कोसँग अप्रत्याशित बराबरी खेल्दै आलोचना खेपेको पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६ मा सानदार पुनरागमन गरेको छ। बिहीबार फिलाडेल्फियामा भएको समूह ‘सी’ को रोमाञ्चक भिडन्तमा ब्राजिलले हाइटीलाई ३–० को सहज अन्तरले पराजित गर्दै समूहको शीर्ष स्थानमा कब्जा जमाएको छ। यस हारसँगै लगातार दुई खेल गुमाएको हाइटी जारी विश्वकपबाट बाहिरिने आधिकारिक रूपमा पहिलो टोली बनेको छ। मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस खेलमा सुरुवाती–११...

कंगो डीआरको ऐतिहासिक बराबरी, पोर्चुगललाई झट्का

असार ४, काठमाडौँ | फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कंगो डीआरले बलियो मानिएको पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक सफलता हासिल गरेको छ। विश्वकप इतिहासमै आफ्नो पहिलो गोल र पहिलो अंक जोड्ने क्रममा कंगोले पोर्चुगललाई बराबरीमा रोक्दै सनसनी मच्चाएको हो। खेलको छैटौँ मिनेटमै पेड्रो नेटोको सुन्दर क्रसलाई सदुपयोग गर्दै जोआओ नेभेसले गोल गरी पोर्चुगललाई अग्रता दिलाएका थिए। तर, खेलको सुरुवातमा दबाबमा रहे पनि कंगोले धैर्य गुमाएन। पहिलो...

मेसीको कीर्तिमानी गोलसँगै विश्वकपमा अर्जेन्टिनाको अग्रता: मध्यान्तरसम्म १–०

असार ३, काठमाण्डाै । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले शानदार सुरुवात गरेको छ। मिसौरी राज्यस्थित कन्सास सिटी स्टेडियममा जारी खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले अल्जेरियाविरुद्ध १–० को अग्रता बनाएको छ। खेलको १७औँ मिनेटमा कप्तान लियोनल मेसीले रोड्रिगो डे पलको उत्कृष्ट पासमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन्। यो गोलसँगै मेसीले विश्वकपमा आफ्नो व्यक्तिगत १४औँ गोल पूरा गरेका छन् भने आजको खेलबाट उनले...

२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डको सुखद शुरूआत

जेठ ३१, काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले विजयी शुरूआत गरेको छ । रोमान्चक प्रतिस्पर्धामा स्कटल्यान्डले उत्तर अमेरिकी राष्ट्र हैटीलाई १–० गोल अन्तरले पराजित गरेको हो । स्कटल्यान्डका लागि खेलको २९ औँ मिनेटमा जोन म्याकगिनले गरेको गोल नै निर्णायक बन्यो । खेलभरि ५४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि हैटीले गोल फर्काउन सकेन । यो जितसँगै ३ अङ्क जोड्दै स्कटल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको...

विश्वकप फुटबल सुरु: उद्घाटन खेलमा मेक्सिको विजयी

जेठ २९ ,काठमाडौँ । विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ को गएराति मेक्सिकोको मेक्सिको सिटी स्टेडियममा एक भव्य समारोहका बीच औपचारिक उद्घाटन भएको छ। संगीत र खेलको अनुपम संगम बनेको उक्त उद्घाटन समारोहमा विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय कलाकारहरू शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन र टाइलालगायतले आफ्नो जोडदार सांगीतिक प्रस्तुति दिँदै उपस्थित खेलप्रेमीहरूलाई उत्सवमा झुमाएका थिए। उद्घाटन समारोहलगत्तै भएको पहिलो खेलमा सह-आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत...

फिफा विश्वकप २०२६: तीन देशको संयुक्त आयोजनामा आजबाट फुटबलको महाकुम्भ सुरु

जेठ २८, काठमाण्डाै । फुटबल इतिहासमै पहिलोपटक तीन राष्ट्रको संयुक्त आयोजनामा फिफा विश्वकप–२०२६ आज राति १२ः४५ बजेदेखि सुरु हुँदै छ। अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुने यस प्रतियोगिताको उद्घाटन मेक्सिको सिटी स्टेडियममा हुँदै छ, जहाँ घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकासँगको भिडन्तका साथ प्रतियोगिताको औपचारिक सुरुवात गर्नेछ। १९ जुलाईमा न्युयोर्कमा समापन हुने यस संस्करणमा ४८ राष्ट्रले सहभागिता जनाउँदै छन् । यसपटकको विश्वकपमा १६ सहरका १६ मैदानमा कुल १०४ खेल हुनेछन्,...