असार ९, काठमाण्डाै । लामो समयको तनावपूर्ण सम्बन्धपछि अमेरिका र इरानबीच कतार र पाकिस्तानको मध्यस्थतामा स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्टमा भएको वार्ताले कूटनीतिक ‘ब्रेकथ्रु’ गरेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालीबाफको नेतृत्वमा भएको वार्तामा ६० दिनका लागि युद्धविराम गर्ने र सो अवधिभर इरानलाई अन्तर्राष्ट्रिय बजारमा डलरमै तेल बेच्न दिने अस्थायी सहमति जुटेको छ। यसअघि प्रतिबन्धका कारण चीन जस्ता देशमा मात्र ‘छायाँ सञ्जाल’ मार्फत तेल बेच्दै...
असार ८, काठमाण्डाै । कतारको प्रमुख औद्योगिक क्षेत्र ‘रास लफान’ स्थित बार्जान ग्यास आपूर्ति केन्द्रमा आइतबार साँझ भीषण विस्फोट भएको छ । उक्त दुर्घटनामा १८ जना श्रमिक बेपत्ता भएका छन् भने ५४ जना घाइते भएका छन् । कतारको आन्तरिक मन्त्रालयले सोमबार बिहान सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै बेपत्ताहरूको खोजीका लागि विशेष अभियान सञ्चालन गरिएको जनाएको छ । आन्तरिक सुरक्षा बल (लेखिया) को अन्तर्राष्ट्रिय खोजी तथा उद्धार समूह र नागरिक सुरक्षाको...
असार ८, काठमाडौँ । अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा जारी परमाणु तथा क्षेत्रीय सुरक्षा सम्बन्धी उच्चस्तरीय वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन। दुवै देशबीच गहन नीतिगत मतभेद कायम रहेकाले तत्कालै सहमति हुने सम्भावना अनिश्चित बनेको हो। अमेरिकी पक्षले वार्तालाई निष्कर्षमा पुर्याउन संवाद “रातभर जारी रहने” बताए पनि ठोस सहमति जुट्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विशेषगरी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक अन्तर्वार्ताका क्रममा इरानमाथि दबाब बढाउँदै सम्झौता नभए पुनः...
असार ७, काठमाडौँ । मध्यपूर्वमा जारी युद्धको स्थायी अन्त्य गर्ने उद्देश्यका साथ संयुक्त राज्य अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा निर्णायक वार्ता सुरु भएको छ । मध्यस्थकर्ता राष्ट्र कतारको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै दुई देशबीच औपचारिक संवाद सुरु भएको पुष्टि गरेको हो । स्विट्जरल्याण्डको बुरगेनस्टक रिसोर्टमा ‘लेक लुसर्न समिट’ को ब्यानरमा उच्च–स्तरीय समितिको पहिलो बैठक प्रारम्भ भएको कतारी अधिकारीहरूले जनाउनुभएकाे छ । विगत केही समयदेखि अशान्त बनेको मध्यपूर्वको भूगोलमा...
असार ४, काठमाडौँ | फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कंगो डीआरले बलियो मानिएको पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक सफलता हासिल गरेको छ। विश्वकप इतिहासमै आफ्नो पहिलो गोल र पहिलो अंक जोड्ने क्रममा कंगोले पोर्चुगललाई बराबरीमा रोक्दै सनसनी मच्चाएको हो। खेलको छैटौँ मिनेटमै पेड्रो नेटोको सुन्दर क्रसलाई सदुपयोग गर्दै जोआओ नेभेसले गोल गरी पोर्चुगललाई अग्रता दिलाएका थिए। तर, खेलको सुरुवातमा दबाबमा रहे पनि कंगोले धैर्य गुमाएन। पहिलो...
असार ३, काठमाण्डाै । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले शानदार सुरुवात गरेको छ। मिसौरी राज्यस्थित कन्सास सिटी स्टेडियममा जारी खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले अल्जेरियाविरुद्ध १–० को अग्रता बनाएको छ। खेलको १७औँ मिनेटमा कप्तान लियोनल मेसीले रोड्रिगो डे पलको उत्कृष्ट पासमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन्। यो गोलसँगै मेसीले विश्वकपमा आफ्नो व्यक्तिगत १४औँ गोल पूरा गरेका छन् भने आजको खेलबाट उनले...
असार १, काठमाण्डाै । महिनौँदेखि जारी अमेरिका र इरानबीचको विनाशकारी सैन्य द्वन्द्व अन्त्य हुने भएको छ। दुवै देशका अधिकारीहरूले युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा सहमति जुटेको पुष्टि गर्नुभएकाे छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत सम्झौताको जानकारी दिनुभएकाे छ भने इरानी पक्षले पनि यसलाई स्वीकार गरेको छ। सम्झौतासम्बन्धी समझदारीपत्र (एमओयू) मा आगामी शुक्रबार स्वीट्जरल्याण्डमा औपचारिक हस्ताक्षर हुने कार्यक्रम छ। सम्झौतासँगै विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्गका रूपमा रहेको ‘हर्मुज जलडमरूमध्य’ पुनः...
जेठ ३१, काठमाण्डाै । ब्राजिलको साओ पाउलोस्थित ‘स्केलेटन ब्रिज’मा बन्जी जम्पिङ गराउने आयोजकको चरम लापरबाहीका कारण २१ वर्षीया मारिया एडुआर्डा रोड्रिग्स डी फ्रेटासको ज्यान गएको छ। एक निजी कम्पनीले सञ्चालन गरेको उक्त साहसिक खेलका क्रममा सुरक्षा डोरी (सेफ्टी रोप) नबाँधी युवतीलाई १३० फिटभन्दा बढी उचाइबाट हाम फाल्न लगाइएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको हृदयविदारक भिडियोमा कर्मचारीहरूले युवतीलाई पुलको किनारमा लगेर हाम फाल्न लगाएको र उनी खसेपछि मात्र सुरक्षा डोरी नभएको...
जेठ ३१, काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले विजयी शुरूआत गरेको छ । रोमान्चक प्रतिस्पर्धामा स्कटल्यान्डले उत्तर अमेरिकी राष्ट्र हैटीलाई १–० गोल अन्तरले पराजित गरेको हो । स्कटल्यान्डका लागि खेलको २९ औँ मिनेटमा जोन म्याकगिनले गरेको गोल नै निर्णायक बन्यो । खेलभरि ५४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि हैटीले गोल फर्काउन सकेन । यो जितसँगै ३ अङ्क जोड्दै स्कटल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको...
जेठ ३०, काठमाडौँ । लामो समयदेखिको तनावपछि अमेरिका र इरानबीच जारी युद्धविराम अब ऐतिहासिक शान्ति सम्झौतामा परिणत हुने चरणमा पुगेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले दुवै देश शान्ति सम्झौताको प्रारम्भिक मस्यौदामा सहमत भएको र आगामी २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने सम्भावना रहेको जानकारी दिनुभएकाे छ। उहाँले सामाजिक सञ्जालमार्फत आफूहरू शान्तिको नजिक पुगेको बताउँदै पाकिस्तान विद्युतीय हस्ताक्षरका लागि तयार रहेको र आगामी साता प्राविधिक तहको वार्ता हुने उल्लेख गर्नुभएकाे...


